काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरूलाई श्रमिकहरूको श्रमको सम्मान गर्न आग्रह गरेका छन्।
मन्त्री यादवले श्रमिकहरूको श्रमको बलमा मालिक बन्न पाएका उद्योगीहरूले उनीहरूको पारिश्रमिक वृद्धि गरेमात्रै आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने सच्याइलाई भुल्न नहुने पनि स्पष्ट पारे।
नेपाल पश्मिना उद्योग संघको १८औं वार्षिक साधारण सभालाई शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनले आफ्नो उद्योगको उत्पादन बढाउनका लागि पनि उद्योगीहरूले श्रमिकहरूको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारे।
मन्त्री यादवले नेपालको पश्मिना व्यवसाय ओरालो लाग्दै गएपनि सो समस्या समाधानका लागि पश्मिना उद्योगहरूले सरकारसँग परामर्श समेत गर्न नचाहेको गुनासो गरे।
विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवर्द्धनका लागि सरकार उद्योगीहरूसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ छ।
मन्त्री यादवले निजी क्षेत्रले उद्योगको प्रवर्द्धनका लागि सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।