नुवाकोट- बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ।
जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो। बुधबार भएको फैसलामा पीडित किशोरीलाई रु एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ।
तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया किशोरीले गुरुङले २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन्।
पीडित किशोरीको उजुरीपछि प्रहरीले आरोपितलाई २०७३ पुस ११ गते नै तारकेश्वर नपा–८ लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।