नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेटका स्टार स्पिनर अश्विन रविचन्द्रनको विवाहसँग जोडिएको एउटा रोचक प्रसंग सार्वजनिक भएको छ। विवाहको ६ वर्षपछि यो प्रसंग सार्वजनिक भएको हो।
अश्विनको विवाह १३ डिसेम्बर २०११ मा प्रीति नारायननसँग भएको थियो। विवाहको पहिलो रात नै टिम इन्डियाका अन्य खेलाडीले बदमासी गरेको अश्विनकी श्रीमतीले नै सार्वजनिक गरेकी हुन्। अश्विनले विवाहको वर्षगाँठको दिन श्रीमतीलाई ट्विटरमार्फत बधाई दिएका थिए। यसको जवाफमा प्रीतिले टिम इन्डियाका खेलाडीहरुको ‘हर्कत’ सार्वजनिक गरेकी हुन्।
अश्विनले गत सोमबार ट्विट गर्दै प्रीतिलाई लेखेका थिए, ‘हाम्रो विवाहको छैटौं वर्षगाँठ पूरा भएको छ। समय निकै छिटो बित्यो। कठिन परिस्थितिमा मलाई सहयोग गरेकोमा धन्यवाद!’
यसपछि प्रीतिले अश्विनलाई पनि शुभकामना दिँदै लेखिन्, ‘कठिन समय हामी दुवैले मिलेर बितायौं।’
उनले बिहेको फोटो पोस्ट गर्दै ट्विटरमा लेखेकी छिन्, ‘आजकै दिन ६ वर्षअघि हाम्रो बिहे भयो र हामी कोलकाता पुगेका थियौं। परिवारका सदस्यले मलाई भनेका थिए, त्यो रात अश्विनलाई सुत्न दिनू, किनभने अघिल्लो दिन उनको खेल थियो। तर, त्यो रात अलार्म लुकाएर राखियो, जुन रातभरि बजेर हैरान भइयो। धन्न अघिल्लो दिन भारतीय टिमको ब्याटिङ पर्यो।’
उनले लेखेकी छिन्, ‘यो अश्विनको पहिलो टेस्ट थियो। म निकै चिन्तित थिएँ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।