• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बन्नेछौं

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  १७:५३
1140x725

पहिले सुनसरी र मोरङबाट चुनाव लडेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाट उम्मेदवार बनेका छन्। सप्तरी क्षेत्र नम्बर २ मा उनको उम्मेवारीले सप्तरीको चुनावी माहौल तात्तिएको छ।

यसपाली यादव किन पनि चर्चामा छन् भने, उनी राष्ट्रिय जनता पार्टी (राजपा) सँग ‘मधेस गठबन्धन’ गरेर चुनावी मैदानमा उत्रेका छन्। संविधानसभाको पहिलो निर्वाचनमा बलियो बनेर दोस्रो निर्वाचनमा खस्किएको यादवको दलले स्थानीय तहको चुनावको परिणामले केही राहतको महसुस गर्‍यो। 

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो दल बलियो बन्ने यादवको दाबी छ। यादवसँग हाल स्थलगत रिपोर्टिङका क्रममा पूर्वी तराईमा रहेका नेपाल लाइभका किशोर दहालले सप्तरीको राजविराजमा गरेको कुराकानीः

चुनावका लागि कस्ता रणनीति बनाइरहनुभएको छ?

पहिलो कुरा जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने, सभाहरु गर्ने, आफ्ना विचार र मुद्दाहरु जनताकै बीचमा राख्ने गरिरहेका छौं।

जनताको माझमा के–के प्रतिबद्धता जनाइरहनुभएको छ?

हाम्रो राजनीति भनेको एउटा उद्देश्यको राजनीति हो। एउटा मिसनको राजनीति हो। त्यो मिसनमा दुई वटा पक्ष छन्। एउटा पक्ष भनेको अधिकारको लडाइँ हो। राज्यको गलत नीति र दृष्टिकोणका कारण यहाँका जनता विभेदमा छन्। असमानता र उत्पीडन छ। समान अवसर, अधिकार र पहुँचमा वञ्चित परिरहेको अवस्था छ। त्यस्तै, राष्ट्रिय पहिचान नै संकटमा परेको अवस्था छ। अधिकार र पहिचानका कुरा छन्, जसलाई प्राप्त गर्न संविधान संशोधन, पुनर्लेखन वा परिमार्जन गरेर अगाडि बढ्ने हो। यो अधिकारको पाटो हो।

अर्को, विकासको पाटो हो। तराई, त्यसमा पनि सप्तरी कहिले पनि राज्यको प्राथमिकतामा नपरेको ठाउँ हो। सप्तरी राम्रो खेती हुने सुगम र मिहिनेती ठाउँ हो। तर, मानव विकासको सूचकांकमा हेर्दा नेपालको निर्धन जिल्लामा पर्छ। राज्यले प्राथमिकता नदिएकै कारण यस्तो भएको हो। त्यसैले विकास र निर्माणका आधारहरु तयार गर्नु जरुरी छ। 
त्यसैले अधिकार र विकासको कुरा नै मुख्यगरी हामीले अगाडि बढाइरहेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

जनताले तपाईंहरुसँग के कुराको अपेक्षा गरिरहेका छन्?

जनताले अपेक्षा गरेको पहिलो विकास र दोस्रो अधिकार हो। कहीँ विकास मुख्य, कहीँ अधिकार मुख्य। यिनै दुई कुरामा बढी चासो छ। विगतमा कमजोर नेतृत्वका कारण विकासमा ओझेल परेको उनीहरुलाई लागिरहेको छ र अब ओझेलमा परिन्न भन्ने विश्वास पनि बढेको छ।

सप्तरीका केही मानिससँग मैले कुरा गरेको थिएँ। उनीहरुले त अधिकार, संविधान संशोधनका सैद्धान्तिक कुराभन्दा पनि विकासका कुरामा बढी रुचि देखाएका छन् नि!

सोचलाई मानिसको वातावरणले प्रभावित गर्छ। व्यापार गर्नेले व्यापारिक कारोबार बढोस् भन्ने सोच्छ। किसानले कृषिको विकास होस् भन्ने सोच्छ। बौद्धिक वर्गले ठूलो राजनीतिक स्पेस खोज्छ। समग्रमा विकास र अधिकार उत्तिकै महत्त्वपूर्ण कुरा हो। अधिकार पनि विकास र समृद्धिका लागि हो नि! हरेक राजनीतिक लडाइँको अन्तिम बिन्दु भनेको समृद्धि प्राप्त गर्नु हो। समृद्ध समाज, मुलुक, क्षेत्र निर्माण गर्नु हो। त्यसैले तपाईंले भनेका कुरा प्राथमिकताको कुरा हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सप्तरी विकासको दृष्टिले निकै पछाडि परेको छ। यस्तोमा स्वाभाविक रुपमा जनताको प्राथमिकता विकास नै हुन्छ। मान्छेलाई जेले पोलिरहेको हुन्छ, जेको बिरामी लागेको हुन्छ, पहिले उपचार त्यसैको खोजिन्छ नि!

पहिलो संविधानसभाको चुनावमा निकै सिट जितेर बलियो शक्ति बन्नुभएका तपाईंहरु संविधानसभाको दोस्रो चुनावमा निकै कमजोर बन्नुभयो। यस पटक जनताले तपाईंहरुलाई मत देलान् भन्ने आधार के छ?

दोस्रोमा हामी विभाजित थियौं। तराईमा ६/७ वटा दलले चुनाव लडेका थिए। मतको अनुपात हेर्ने हो भने पहिलेभन्दा बढेको थियो, तर सिट कम भयो। किनकि, मत छरिएको थियो। अहिले हामी फेरि एकताबद्ध भएका छौं। यसले हामीलाई पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बनाउनेछ। 

मानिसहरुको अर्को शंका के छ भने, तपाईंहरु कमजोर हुनुहुन्थ्यो र मिल्नुभयो। भोलि बलियो हुनुभयो भने पदीय अवसरहरुमा भुल्नुहुन्छ। त्यसपछि फेरि विभाजन भइहाल्नुहुन्छ नि!

राजनीतिमा असम्भव भन्ने कुरा त केही हुँदैन। तर, विगतको अनुभवबाट सिकेर नै मानिस अगाडि बढ्ने हो। विगतको अनुभवले देखाउँछ, जब विभाजित भए, एक अर्काका विरुद्ध उभिए र कमजोर भए। जब मिले, शक्ति आर्जन गरे, अगाडि बढे। निरन्तर अगाडि बढ्नलाई मिल्दै जानुपर्छ।

हाम्रो अवस्था अलि फरक पनि हो। हामी तराईमा मात्रै आधारित दल होइन। हिमाल, पहाड, तराई, जनजाति, बाहुन, क्षेत्री, मुस्लिम सबैलाई जोडेर यो मुलुकमा भएको असमानता र उत्पीडनलाई अन्त्य गर्दै मुलुकलाई समृद्धितिर लैजाने हाम्रो उद्देश्य हो। तराईमा हामी फुटे पनि हिमाल र पहाडमा त जोड्यौं नि! एउटा राष्ट्रिय शक्तिको रुपमा अगाडि आयौं नि! त्यो ‘प्लस प्वाइन्ट’ हो। सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने एकताको आवश्यकता छ।

अबको चुनावमा तपाईंहरुको पक्षमा नतिजा आयो भने त्यसको अर्थ र सन्देश के हुन्छ?

हाम्रो संघर्ष संघीयता, गणतन्त्र र समावेशीताको संघर्ष हो। विभेद र असमानता अन्त्यको मिसन हो। चुनावको नतिजा हाम्रो पक्षमा आयो भने त्यो मिसन अगाडि बढ्छ। त्यसले निश्चित रुपमा मुलुकको राजनीतिमा असर पार्छ। तपाईंलाई स्मरण गराऊँ, पहिलो चरणको स्थानीय तहको चुनावमा हामीले खासै राम्रो नतिजा निकाल्न सकेनौं, मुलुकको राजनीतिमा कुनै प्रभाव परेन। तर, तेस्रो चरणको चुनावमा तराईमा फोरम नेपालले अग्रता हासिल गर्‍यो र मुलुककै समग्र राजनीतिमा असर पर्‍यो। फेरबदल आइदियो। राजनीतिक गठबन्धन हुन थाले। त्यसैले हामीले राम्रो पोजिसनका साथ चुनाव जित्यौं भने राजनीति नयाँ दिशातिर जान सक्छ। र, त्यो सम्भावना पनि छ।

अबको मुलुकको राजनीति भनेको पहिचान, समावेशीता, संघीयता, गणतन्त्र र आर्थिक समृद्धि र विकास हो। यसलाई जोडेर लैजानुपर्छ। दरिद्र र गरिबीको अवस्थामा रहेर मुलुकमा कुनै पनि समस्याको हल हुँदैन। अब आउने दिनमा राजनीतिक अधिकारको कुरा त छँदैछ, आर्थिक विकासतर्फ मुलुकलाई लैजानुपर्छ। राजनीतिक अधिकारको लडाइँ र आर्थिक समृद्धिलाई सँगसँगै लैजानुपर्छ। 

पछिल्लो समय तपाईंहरुले संविधान संशोधनलाई कमै मात्र उठाउनुभएको छ। किन?

संविधान संशोधन राजनीतिक मुद्दाको प्रमुख विषय हो। त्यो सँगसँगै आर्थिक समृद्धि पनि प्रमुख विषय हो। यी दुइटा कुरा सँगसँगै जोडिएका छन्।

संविधान संशोधन होला? के लाग्छ तपाईंलाई?

संशोधन भएर परिमार्जन भयो भने मात्रै यो संविधान सफल हुन्छ। जुन चिज परिवर्तन हुँदैन, समयको गति अगाडि बढ्दै जाँदा संविधान या व्यवस्थाले त्यसलाई पछाडि तान्छ र त्यो ठाउँमा राजनीतिक प्रणाली र संवैधानिक व्यवस्था असफल हुन्छ।

०१९ सालको संविधान किन असफल भयो? किनकि, मुलुक लोकतन्त्रतर्फ जान खोजिरहेको थियो, त्यसले निरंकुशतामै राख्न खोज्यो। त्यसैले फेल भयो। ०४७ सालको संविधान किन असफल भयो? किनकि, मुलुकले समावेशीता र संघीयता खोजेको थियो। तर, संविधान एकात्मक र केन्द्रिकृत थियो। त्यो पनि फेल भयो। अहिलेको संविधानले पनि संघीय प्रणालीलाई विकसित हुन नदिने, अवरोधहरु खडा गर्ने काम गरेको छ। यसलाई संशोधन गरेर अगाडि बढिएन भने जनताको मानसिकता त अगाडि बढिसक्छ। संविधानले पछाडि तान्न सक्छ। जनतालाई पराजय गर्न सक्ने संविधान त हुँदैन। अनि यो संविधान कागजको खोस्टो बन्छ। जसरी अगाडिका ६ वटा संविधान बनेका थिए। त्यसैले यो संविधानबाट मुलुक चलाउने हो भने संशोधन, परिमार्जन र पुनर्लेखन नगरीकन सम्भव छैन।

पछिल्लो समय तपाईंको केही रणनीति सफल भएसँगै मधेस आन्दोलनमा भारतीय प्रभाव अन्त्य हुने दिशातिर गएको भन्ने विश्लेषण हुन थालेको छ। हो?

हामी आफ्नो खुट्टामा उभिएर आफ्नो लडाइँ आफैं लड्ने कोसिस गर्दैछौं। त्यो प्रयास हाम्रो हो। त्यसले केही गति पनि लिएको छ। तर, हाम्रो लडाइँलाई भारतीयसँग जोडेर सबैथोक उसैले गराएको हो भन्ने जुन विश्लेषण गरिन्छ, त्यो गलत हो। यस्तै बिल्ला पञ्चायत कालमा कांग्रेसलाई पनि भिडाइएको थियो। हिजोका दिनमा बिल्ला भिडेकाहरुले अहिले हामीलाई बिल्ला भिडाउँछन्। भोलि अरु कसैलाई भिडाउँछन्। यो भनेको राजनीतिको कमजोर पक्ष हो। यो गलत चिन्तन हो।

चिन्तन के हुनुपर्छ भने, मधेसका के समस्या छ, बसेर छलफल गरौं र हल गरेर  अगाडि बढौं। त्यस्तै, हिमाल र पहाडका के समस्या छन्, बसेर छलफल गरौं र अगाडि बढौं। यस्तो सोच राख्नुपर्छ।

तपाईंलाई यो देशको प्रधानमन्त्री बनौं र आफ्नो भिजन अनुसारको मुलुक बनाऔं भन्ने लाग्दैन?

मेरा लागि त्यो पद महत्वको विषय होइन। मेरो चाहना भनेको यो मुलुकको लागि केही गर्न सकूँ भन्ने हो। समावेशीता, पहिचानको मान्यता र संघीय गणतन्त्रलाई बलियो बनाउने र मुलुकलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन सकियो भने त्यो नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हुन्छ। पद भन्ने कुराले मानिसको नाप घटबढ हुँदैन।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्