• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बन्नेछौं

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  १७:५३
1140x725

पहिले सुनसरी र मोरङबाट चुनाव लडेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाट उम्मेदवार बनेका छन्। सप्तरी क्षेत्र नम्बर २ मा उनको उम्मेवारीले सप्तरीको चुनावी माहौल तात्तिएको छ।

यसपाली यादव किन पनि चर्चामा छन् भने, उनी राष्ट्रिय जनता पार्टी (राजपा) सँग ‘मधेस गठबन्धन’ गरेर चुनावी मैदानमा उत्रेका छन्। संविधानसभाको पहिलो निर्वाचनमा बलियो बनेर दोस्रो निर्वाचनमा खस्किएको यादवको दलले स्थानीय तहको चुनावको परिणामले केही राहतको महसुस गर्‍यो। 

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो दल बलियो बन्ने यादवको दाबी छ। यादवसँग हाल स्थलगत रिपोर्टिङका क्रममा पूर्वी तराईमा रहेका नेपाल लाइभका किशोर दहालले सप्तरीको राजविराजमा गरेको कुराकानीः

चुनावका लागि कस्ता रणनीति बनाइरहनुभएको छ?

पहिलो कुरा जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने, सभाहरु गर्ने, आफ्ना विचार र मुद्दाहरु जनताकै बीचमा राख्ने गरिरहेका छौं।

जनताको माझमा के–के प्रतिबद्धता जनाइरहनुभएको छ?

हाम्रो राजनीति भनेको एउटा उद्देश्यको राजनीति हो। एउटा मिसनको राजनीति हो। त्यो मिसनमा दुई वटा पक्ष छन्। एउटा पक्ष भनेको अधिकारको लडाइँ हो। राज्यको गलत नीति र दृष्टिकोणका कारण यहाँका जनता विभेदमा छन्। असमानता र उत्पीडन छ। समान अवसर, अधिकार र पहुँचमा वञ्चित परिरहेको अवस्था छ। त्यस्तै, राष्ट्रिय पहिचान नै संकटमा परेको अवस्था छ। अधिकार र पहिचानका कुरा छन्, जसलाई प्राप्त गर्न संविधान संशोधन, पुनर्लेखन वा परिमार्जन गरेर अगाडि बढ्ने हो। यो अधिकारको पाटो हो।

अर्को, विकासको पाटो हो। तराई, त्यसमा पनि सप्तरी कहिले पनि राज्यको प्राथमिकतामा नपरेको ठाउँ हो। सप्तरी राम्रो खेती हुने सुगम र मिहिनेती ठाउँ हो। तर, मानव विकासको सूचकांकमा हेर्दा नेपालको निर्धन जिल्लामा पर्छ। राज्यले प्राथमिकता नदिएकै कारण यस्तो भएको हो। त्यसैले विकास र निर्माणका आधारहरु तयार गर्नु जरुरी छ। 
त्यसैले अधिकार र विकासको कुरा नै मुख्यगरी हामीले अगाडि बढाइरहेका छौं।

Ncell 2
Ncell 2

जनताले तपाईंहरुसँग के कुराको अपेक्षा गरिरहेका छन्?

जनताले अपेक्षा गरेको पहिलो विकास र दोस्रो अधिकार हो। कहीँ विकास मुख्य, कहीँ अधिकार मुख्य। यिनै दुई कुरामा बढी चासो छ। विगतमा कमजोर नेतृत्वका कारण विकासमा ओझेल परेको उनीहरुलाई लागिरहेको छ र अब ओझेलमा परिन्न भन्ने विश्वास पनि बढेको छ।

सप्तरीका केही मानिससँग मैले कुरा गरेको थिएँ। उनीहरुले त अधिकार, संविधान संशोधनका सैद्धान्तिक कुराभन्दा पनि विकासका कुरामा बढी रुचि देखाएका छन् नि!

सोचलाई मानिसको वातावरणले प्रभावित गर्छ। व्यापार गर्नेले व्यापारिक कारोबार बढोस् भन्ने सोच्छ। किसानले कृषिको विकास होस् भन्ने सोच्छ। बौद्धिक वर्गले ठूलो राजनीतिक स्पेस खोज्छ। समग्रमा विकास र अधिकार उत्तिकै महत्त्वपूर्ण कुरा हो। अधिकार पनि विकास र समृद्धिका लागि हो नि! हरेक राजनीतिक लडाइँको अन्तिम बिन्दु भनेको समृद्धि प्राप्त गर्नु हो। समृद्ध समाज, मुलुक, क्षेत्र निर्माण गर्नु हो। त्यसैले तपाईंले भनेका कुरा प्राथमिकताको कुरा हो। 

सप्तरी विकासको दृष्टिले निकै पछाडि परेको छ। यस्तोमा स्वाभाविक रुपमा जनताको प्राथमिकता विकास नै हुन्छ। मान्छेलाई जेले पोलिरहेको हुन्छ, जेको बिरामी लागेको हुन्छ, पहिले उपचार त्यसैको खोजिन्छ नि!

पहिलो संविधानसभाको चुनावमा निकै सिट जितेर बलियो शक्ति बन्नुभएका तपाईंहरु संविधानसभाको दोस्रो चुनावमा निकै कमजोर बन्नुभयो। यस पटक जनताले तपाईंहरुलाई मत देलान् भन्ने आधार के छ?

दोस्रोमा हामी विभाजित थियौं। तराईमा ६/७ वटा दलले चुनाव लडेका थिए। मतको अनुपात हेर्ने हो भने पहिलेभन्दा बढेको थियो, तर सिट कम भयो। किनकि, मत छरिएको थियो। अहिले हामी फेरि एकताबद्ध भएका छौं। यसले हामीलाई पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बनाउनेछ। 

मानिसहरुको अर्को शंका के छ भने, तपाईंहरु कमजोर हुनुहुन्थ्यो र मिल्नुभयो। भोलि बलियो हुनुभयो भने पदीय अवसरहरुमा भुल्नुहुन्छ। त्यसपछि फेरि विभाजन भइहाल्नुहुन्छ नि!

राजनीतिमा असम्भव भन्ने कुरा त केही हुँदैन। तर, विगतको अनुभवबाट सिकेर नै मानिस अगाडि बढ्ने हो। विगतको अनुभवले देखाउँछ, जब विभाजित भए, एक अर्काका विरुद्ध उभिए र कमजोर भए। जब मिले, शक्ति आर्जन गरे, अगाडि बढे। निरन्तर अगाडि बढ्नलाई मिल्दै जानुपर्छ।

हाम्रो अवस्था अलि फरक पनि हो। हामी तराईमा मात्रै आधारित दल होइन। हिमाल, पहाड, तराई, जनजाति, बाहुन, क्षेत्री, मुस्लिम सबैलाई जोडेर यो मुलुकमा भएको असमानता र उत्पीडनलाई अन्त्य गर्दै मुलुकलाई समृद्धितिर लैजाने हाम्रो उद्देश्य हो। तराईमा हामी फुटे पनि हिमाल र पहाडमा त जोड्यौं नि! एउटा राष्ट्रिय शक्तिको रुपमा अगाडि आयौं नि! त्यो ‘प्लस प्वाइन्ट’ हो। सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने एकताको आवश्यकता छ।

अबको चुनावमा तपाईंहरुको पक्षमा नतिजा आयो भने त्यसको अर्थ र सन्देश के हुन्छ?

हाम्रो संघर्ष संघीयता, गणतन्त्र र समावेशीताको संघर्ष हो। विभेद र असमानता अन्त्यको मिसन हो। चुनावको नतिजा हाम्रो पक्षमा आयो भने त्यो मिसन अगाडि बढ्छ। त्यसले निश्चित रुपमा मुलुकको राजनीतिमा असर पार्छ। तपाईंलाई स्मरण गराऊँ, पहिलो चरणको स्थानीय तहको चुनावमा हामीले खासै राम्रो नतिजा निकाल्न सकेनौं, मुलुकको राजनीतिमा कुनै प्रभाव परेन। तर, तेस्रो चरणको चुनावमा तराईमा फोरम नेपालले अग्रता हासिल गर्‍यो र मुलुककै समग्र राजनीतिमा असर पर्‍यो। फेरबदल आइदियो। राजनीतिक गठबन्धन हुन थाले। त्यसैले हामीले राम्रो पोजिसनका साथ चुनाव जित्यौं भने राजनीति नयाँ दिशातिर जान सक्छ। र, त्यो सम्भावना पनि छ।

अबको मुलुकको राजनीति भनेको पहिचान, समावेशीता, संघीयता, गणतन्त्र र आर्थिक समृद्धि र विकास हो। यसलाई जोडेर लैजानुपर्छ। दरिद्र र गरिबीको अवस्थामा रहेर मुलुकमा कुनै पनि समस्याको हल हुँदैन। अब आउने दिनमा राजनीतिक अधिकारको कुरा त छँदैछ, आर्थिक विकासतर्फ मुलुकलाई लैजानुपर्छ। राजनीतिक अधिकारको लडाइँ र आर्थिक समृद्धिलाई सँगसँगै लैजानुपर्छ। 

पछिल्लो समय तपाईंहरुले संविधान संशोधनलाई कमै मात्र उठाउनुभएको छ। किन?

संविधान संशोधन राजनीतिक मुद्दाको प्रमुख विषय हो। त्यो सँगसँगै आर्थिक समृद्धि पनि प्रमुख विषय हो। यी दुइटा कुरा सँगसँगै जोडिएका छन्।

संविधान संशोधन होला? के लाग्छ तपाईंलाई?

संशोधन भएर परिमार्जन भयो भने मात्रै यो संविधान सफल हुन्छ। जुन चिज परिवर्तन हुँदैन, समयको गति अगाडि बढ्दै जाँदा संविधान या व्यवस्थाले त्यसलाई पछाडि तान्छ र त्यो ठाउँमा राजनीतिक प्रणाली र संवैधानिक व्यवस्था असफल हुन्छ।

०१९ सालको संविधान किन असफल भयो? किनकि, मुलुक लोकतन्त्रतर्फ जान खोजिरहेको थियो, त्यसले निरंकुशतामै राख्न खोज्यो। त्यसैले फेल भयो। ०४७ सालको संविधान किन असफल भयो? किनकि, मुलुकले समावेशीता र संघीयता खोजेको थियो। तर, संविधान एकात्मक र केन्द्रिकृत थियो। त्यो पनि फेल भयो। अहिलेको संविधानले पनि संघीय प्रणालीलाई विकसित हुन नदिने, अवरोधहरु खडा गर्ने काम गरेको छ। यसलाई संशोधन गरेर अगाडि बढिएन भने जनताको मानसिकता त अगाडि बढिसक्छ। संविधानले पछाडि तान्न सक्छ। जनतालाई पराजय गर्न सक्ने संविधान त हुँदैन। अनि यो संविधान कागजको खोस्टो बन्छ। जसरी अगाडिका ६ वटा संविधान बनेका थिए। त्यसैले यो संविधानबाट मुलुक चलाउने हो भने संशोधन, परिमार्जन र पुनर्लेखन नगरीकन सम्भव छैन।

पछिल्लो समय तपाईंको केही रणनीति सफल भएसँगै मधेस आन्दोलनमा भारतीय प्रभाव अन्त्य हुने दिशातिर गएको भन्ने विश्लेषण हुन थालेको छ। हो?

हामी आफ्नो खुट्टामा उभिएर आफ्नो लडाइँ आफैं लड्ने कोसिस गर्दैछौं। त्यो प्रयास हाम्रो हो। त्यसले केही गति पनि लिएको छ। तर, हाम्रो लडाइँलाई भारतीयसँग जोडेर सबैथोक उसैले गराएको हो भन्ने जुन विश्लेषण गरिन्छ, त्यो गलत हो। यस्तै बिल्ला पञ्चायत कालमा कांग्रेसलाई पनि भिडाइएको थियो। हिजोका दिनमा बिल्ला भिडेकाहरुले अहिले हामीलाई बिल्ला भिडाउँछन्। भोलि अरु कसैलाई भिडाउँछन्। यो भनेको राजनीतिको कमजोर पक्ष हो। यो गलत चिन्तन हो।

चिन्तन के हुनुपर्छ भने, मधेसका के समस्या छ, बसेर छलफल गरौं र हल गरेर  अगाडि बढौं। त्यस्तै, हिमाल र पहाडका के समस्या छन्, बसेर छलफल गरौं र अगाडि बढौं। यस्तो सोच राख्नुपर्छ।

तपाईंलाई यो देशको प्रधानमन्त्री बनौं र आफ्नो भिजन अनुसारको मुलुक बनाऔं भन्ने लाग्दैन?

मेरा लागि त्यो पद महत्वको विषय होइन। मेरो चाहना भनेको यो मुलुकको लागि केही गर्न सकूँ भन्ने हो। समावेशीता, पहिचानको मान्यता र संघीय गणतन्त्रलाई बलियो बनाउने र मुलुकलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन सकियो भने त्यो नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हुन्छ। पद भन्ने कुराले मानिसको नाप घटबढ हुँदैन।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्