जनकपुर- बारा र पर्साका हावाहुरी पीडितलाई झापाको शिवसताक्षी नगरपालिकाले ५ लाख सहयोग गरेको छ।
नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा लिम्बू नेतृत्वको टोलीले उक्त रकम बराबरको चेक बिहिबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो।
टोलीमा उपमेयर भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर अधिकारी, शाखा अधिकृत डिल्ली नेपाललगायत थिए।
प्राकृतिक विपद्बाट प्रभावित बारा र पर्साका बासीन्दालाई सहयोग गरेकोमा मुख्यमन्त्री राउतले मेयर र सिंगो नगरपालिकालाई धन्यवाद दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।