• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय लोकसभा निर्वाचन : यस्तो छ कन्हैया कुमारको चुनावी प्रचार शैली

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  ०६:००
1140x725

बेगुसराय, विहार- भारतमा जारी लोकसभा निर्वाचनमा खडा भएका अन्य उम्मेद्वारका तुलनामा भारतीय कम्युनिस्ट पार्टीका कन्हैया कुमारको चर्चा बढी छ। विहारको बेगुसरायबाट चुनावी मैदानमा होमिएका कन्हैया प्रधानमन्त्री मोदीका प्रखर विरोधी हुन्। जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियका पूर्व अध्यक्षसमेत रहेका उनी विहारको बेगुसरायबाट लोकसभा निर्वाचन लड्दै छन्। भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) बाट चुनाव लड्न लागेका उनका मुख्य प्रतिस्पर्धी भारतीय जनता पार्टीका गिरिराज सिंह मानिएका छन्। 

परम्परागत निर्वाचन प्रचारभन्दा कन्हैया कुमारको निर्वाचन प्रचार शैली अलि भिन्न छ। प्रचारमा धेरैजस्तो शहरी युवाको संलग्नता पाइन्छ। पढाइ वा काम छोडेर चुनाव प्रचारकै लागि बेगुसराय आएका केही यस्ता व्यक्ति छन् जो निर्वाचनको सबै अवधि बेगुसरायमा नै रहने छन्। तर धेरैजसो सहयोगी भने केही समयका लागि मात्र चुनावी प्रचारमा आएका हुन्।

कन्हैया कुमारको प्रचारप्रसार संयोजन गर्दै आएकी जेएनयूकी विद्यार्थी जुनी भन्छिन्, ‘प्रचार विभाग भनेर हामीले यस्तो केही बनाएका त छैनौँ। तर जति पनि छौँ। सबै हामी स्वइच्छाले यहाँ आएका हौं।’ प्रचारका लागि कस्ता रणनीति अपनाउनु भएको छ भन्ने प्रश्नमा उनले भनिन्,‘रणनीति नै भनेर त हामीले यस्तो केही बनाएका छैनौँ, तर हाम्रा साथीहरु निर्वाचन प्रचारका लागि दिन रात समाजिक सञ्जालका माध्यमबाट धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याउने प्रयत्नमा छन्।’

निर्वाचन प्रचारका क्रममा कन्हैयाले गरेका भाषणको भिडियो बनाउँने र त्यसलाई सम्पादन गर्न छुट्टै मानिस राखिएको छ। त्यस्तै उनको प्रचार अभियानलाई समाजिक सञ्जालमा 'लाइभ' गर्ने व्यवस्था पनि गरिएको छ। कन्हैयाको प्रचारप्रसार हेर्दा शहरी क्षेत्रमा ठूलो रकम खर्च गरेर तयार पारिएको प्रचार विभागको तयारीभन्दा कम तयारी छैन। तर उनीहरूको प्रचारप्रसार स्वतस्फुर्त नै हो। 

तुल ब्यानरमा खर्च कम गरिएको छ भने डिजिटल प्रचारलाई बढी जोड दिइएको छ। यस्तै प्रत्येक दिन उनीहरुले आफूहरू कमजोर रहेको क्षेत्रमा पकड बनाउने विषयमा पनि विचार मन्थन गर्छन्। सञ्चार माध्यममा कन्हैयाको चर्चा भएअनुसार उनले निर्वाचन सहजै जित्छन् भन्ने लागे पनि उनको तयारी ‘ग्राउन्ड लेभल’देखिकै छ।

कुन ग्राम पञ्चायतमा मतदाताको अंकगणित कस्तो छ? कुन जातिका मानिस उनीप्रति हार्दिक छन्? कुन जातिका मानिस कन्हैयासँग सन्तुष्ट छैनन्? यी सबै विषयमा उनीहरु चनाखो भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै कुन ग्राम पञ्चायतबाट कति भोट आउने अपेक्षा गरिएको छ र बहुमत प्राप्त गर्न त्यो ठाउँबाट कति भोट आउनुपर्छ भन्ने तयारी पनि रहेको कन्हैयानिकट एक सहयोगीले बताए। 

निर्वाचन प्रचारमा संगीतालाई पनि सहयोगीका रुपमा लिइएको छ। आजादीको गीतबाट मतदातालाई आफूहरुतिर आकर्षित गर्ने प्रमुख माध्यमका रूपमा उनीहरूले प्रयोग गरेका छन्। यस्तै कन्हैयाले ढम्फु बजाउँदै गरेको दृश्यमा लेखिएको ‘हाम लेके रहेंगे आजादी’ प्रिन्ट गरेको टिसर्ट पनि प्रचार सामग्रीको रुपमा प्रयोग गरिएको छ।

जुनीले आफूहरुको प्रचार रणनीति अथवा निर्वाचनकेन्द्रित रणनीति खासै नभएको बताएका छन्। तर उनीहरुको तयारी देख्दा सहजै अनुमान लगाउन सकिन्छ निर्वाचन रणनीतिमा उनीहरुले ठुलो मेहनत खर्चेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्वाचनका क्रममा गर्ने भाषणमा प्रतिपर्धीभन्दा प्रधानमन्त्री मोदीप्रति निसाना साँध्छन् कन्हैया। भन्छन्, ‘गिरिराजसँग निर्वाचनमा प्रतिस्पर्धा गर्दैछु भनेको मोदीको नाममा निर्वाचन लडिँदै छ। पहिल्यै थाहा भएको भए मोदी विरुद्ध नै उम्मेदवारी दिने थिएँ।’ उनले यसो भन्दै सभामा उपस्थित मानिस तालीको गडगडाहटले थुप्रै बेर अरु केही पनि आवाज सुन्न सकिँदैन। 

बेगुसरायमा भारतीय जनता पार्टीका तर्फबाट राज्यमन्त्री गिरिराज सिंहले निर्वाचन लड्ने भएपनि त्यहाँ सिंहको नाममा भोट मागिएको छैन। मोदीको नाममा मोदीलाई प्रधानमन्नत्री बनाउन भोट मागिँदैछ।

संसदीय राजनीतिको अभ्यास गरेपनि यो भारतीय निर्वाचन प्रक्रियाको विरोधाभाष हो। सिंह आफ्ना लागि भन्दा बढी प्रधानमन्त्री मोदी पुनः अवसर दिन आग्रह गर्दै भोट माग्दैछन्। कन्हैया आफ्ना प्रतिस्पर्धीभन्दा मोदीको बढी विरोध गर्छन्। 

कन्हैयाका सबै कुरामा जनताले ताली बजाउँछन् भन्ने पनि होइन। कहिलेकाहीँ उनको प्रचारमा सहभागी व्यक्तिले नै जनताले जबर्जस्ती ताली बजाउने वातावरण सिर्जना गर्ने गरेको पनि देख्न गाह्रो थिएन। 

कुल ४० संसदीय सिट रहेको विहारमा अप्रिल २९ मा निर्वाचन हुँदैछ। सन् २०१४ को लोकसभाको निर्वाचनमा मोदी नेतृत्वको भाजपाले २२ सिटमा विजय हासिल गरेको भए पनि यो पटक उसले जम्मा १७ सिटमा मात्रै आफ्नो उमेदवार उठाएको छ। विहारका मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीसँग निर्वाचन गठबन्धन गर्दै भाजपाले १७ स्थानमा मात्रै आफ्नो उमेदवारी दिएको हो। बाँकी २३ सिटमा जनता दलले १७ सिटमा प्रतिस्पर्धा गर्दैछ भने लोक जनशक्ति पार्टीले ६ स्थानमा प्रतिस्पर्धा गर्दैछ।

अघिल्लो लोकसभाको निर्वाचनमा २२ सिटमा विजयी हाँसिल गरेको पार्टी यो पटक १७ सिटमा मात्रै आफ्नो उमेदवारी खडा गर्दै खुम्चिएको छ। भाजपा खुम्चिनु भनेको मोदीको लोकप्रियता घट्दै गएको संकेत पनि हो।

यस पटकको विहार निर्वाचनमा भारतीय कांग्रेस सम्मेलित महागठबन्धनमा ५ पार्टीले संयुक्त रूपमा चुनाव लड्दै छन्। महागठबन्धनका तर्फबाट कांग्रेसले जम्मा ५ सिटमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैगर्दा गठबन्धनको अर्को पार्टी लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलले २० सिटमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ। बाँकी सिटमा गठबन्धनका अन्य पार्टी हिन्दूस्थान अवाम मोर्चा, राष्ट्रिय लोकसम्मत पार्टी, बिआईलगायतका दल प्रतिस्पर्धामा उत्रिएका छन्।

लालुप्रसाद यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दल र नीतिश कुमार नेतृत्वको पार्टी जनता दलले राष्ट्रिय दल भाजपा र कांग्रेसका तुलनामा पाएको सिटले भारतमा केन्द्रीय पार्टीभन्दा क्षेत्रीय पार्टीको बोलबाला बढी रहेको देखिन्छ। यसले क्षेत्रीय राजनीतिमा राष्ट्रिय दलको भूमिका तेजोबध गरेको छ।

अङग्रेजी भाषीमा कन्हैयाको चर्चा बढी
अंग्रेजी भाषीमा कन्हैया कुमारको बढी चर्चा भएको अनुभव गर्न सकिन्छ। हुन त यो कुरा कुनै सर्वेक्षणका आधारमा भनिएको होइन। भारतका विभिन्न ठाउँ पुग्दा भोटिएका मानिससँग गरिएको कुराकानीका आधारमा आँकलन मात्र गरिएको हो। हिन्दी भाषी त्यसमा पनि मजदुरी गरेर जीविकोपार्जन गर्ने मानिसमा मोदीको दबदबा अझै बाँकी देखिन्छ। उनीहरूका लागि भारतमा मोदीको विकल्पका रुपमा अन्य नेता नै नरहेको जस्तो देखिन्छ। 

केही समय अघि भारतले पाकिस्तानको बालाकोटमा गरेको सैन्य आक्रमणले दुबै थरिका चुनावी अभियानलाई मसला बनेको देख्न सकिन्छ। मोदीविरोधीले यसलाई मोदीको कमजोरी र चुनावी फन्डाका रुपमा चित्रण गर्छन् भने मोदीका समर्थकले गुणगानको विषय बनाएका छन्। 

यस्तै आलोचनात्मक चेत भएका जुनसुकै पुस्ताका अङग्रेजी बोल्ने मानिसले कन्हैयालाई समर्थन गरेका छन्। तर हिन्दी बोल्ने मानिसले कन्हैयालाई समर्थन नै गरेका छैनन् र अङग्रेजी बोल्ने सबै मानिस मोदीको विरोधी छन् भन्ने चाँहि होइन। 

दिल्ली बस्ने विहारका मतदाता कन्हैयाको विषयमा खासै सकारात्मक देखिँदैनन्। 

आखिर यस्तो किन देखिएको छ त? दिल्ली विश्वविद्यालयमा समाजशास्त्र एक प्राध्यापकका अनुसार ज्याला मजदुरी गरेर दिल्लीमा जीविकोपार्जन गर्ने व्यक्तिको सूचनाको स्रोत भनेको नै भारतीय हिन्दी भाषी सञ्चार माध्यम हो। अथवा समाजिक सञ्जालमा आउने हिन्दी भाषाको भिडियो। ज्यादाजस्तो यस्तो सञ्चार माध्यमले मोदीलाई सकारात्मक देखाएको हुँदा त्यसको प्रभाव उनीहरुमा परेको छ।’

ती प्राध्यापक थप्छन्, 'आलोचनात्मक चेत भएका मानिस जो अंग्रेजी भाषा राम्रोसँग बोल्छन् र बुझ्छन् उनीहरूलाई सूचनाको विकल्प हुने भयो। आलोचनात्मक चेत हुने बित्तिकै उनीहरूमा मोदीले गरेका वाचा र काम, भारतको सम्प्रादायिक चिन्तित हुने नै भए यसले गर्दा मोदीको आलोचना गर्ने गरेका हुन्।’

यही प्रश्न बेगुसरायमा कन्हैयाको प्रचार संयोजन गर्दै आएकी जुनीलाई सोध्दा उनी यो कुरा मान्न तयार भइनन्। उनको विचारमा हिन्दी भाषी र अङग्रेजी भाषी भन्ने त्यस्तो केही छैन। चाहे जुन भाषा बोले पनि मानिसको कन्हैयाप्रतिको विश्वास देखिएको उनको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्