काठमाडौं– बेरूजु फर्छ्याैटमा नेपाल प्रहरी उत्कृष्ट ठहरिएकाे छ।
बेरूजु फर्छ्याैटमा उत्कृष्ट भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी प्रधान कार्यालयलाई सम्मानसहित प्रशंसापत्र प्रदान गरेका छन्।
बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयलमा मन्त्री थापा र गृहसचिव प्रेमकुमार राईले आइजिपी सर्वेन्द्र खनाललाई सम्मानपत्र प्रदान गरेका थिए।
आर्थिक वर्ष २०७३/०७४ सम्मको बेरूजु रकममध्ये ८५ दशमलब १४ प्रतिशत प्रहरी प्रधान कार्यालयको बेरूजु फर्छ्याैट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।