नयाँ दिल्ली- भारतकाे सम्बलपुरमा प्रधानमन्त्री नरेन्द्र मोदी सवार हेलिकाेप्टरकाे जाँच गर्ने चुनाव आयाेग, ओडिशाका 'जनरल पर्यवेक्षक'लाई निलम्बन गरिएकाे छ।
जिल्लाका प्रमुख अधिकारी तथा प्रहरी महानिर्देशककाे रिपार्टका आधारमा याे निर्णय लिइएकाे हाे। मंगलबार भएकाे यस घटनालाई लिएर बुधबार जनरल पर्यवेक्षक मोहम्मद मोहसिन निलम्बित भएका हुन्।
आयोगकाे आदेशअनुसार कर्नाटक १९९६ ब्याचका आइएएस अधिकारी मोहसिनले 'एसपिजी सुरक्षा' नियमसँग जाेडिएकाे चुनाव आयोगकाे निर्देशन पालना नगरेकाे पाइएकाे छ।
'संबलपुरमा प्रधानमन्त्री माेदीकाे हेलिकाेप्टरकाे जाँच गर्नु चुनाव आयोगकाे दिशानिर्देशअनुसार थिएन', आयाेगले भनेकाे छ।
आयाेगका अनुसार 'एसपिजी' सुरक्षा प्राप्त व्यक्तिलाई यस्ताे जाँचकाे जरुरी रहँदैन।
आयाेगकाे विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।