नयाँ दिल्ली- पछिल्लाे केही दिनयता माैसममा आएकाे बदलीसँगैकाे वर्षा र हावाहुरीका कारण भारतमा ६० जनाकाे मृत्यु भएकाे छ।
भारतीय पत्रिका 'हिन्दुस्तान टाइम्स'का अनुसार वर्षा तथा हावाहुरीका कारण देशका विभिन्न स्थानमा गरी हालसम्म ६० जनाकाे मृत्यु भइसकेकाे तथा दर्जनाैं घाइते भएका छन्।
ठूलाे मात्रामा किसानले लगाएकाे बालीनाली सखाप भएकाे छ।

समाचारमा जनाइए अनुसार सबैभन्दा बढी असर राजस्थान, मध्य प्रदेश, महाराष्ट्र र गुजरात राज्यमा परेकाे छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षातका कारण भएकाे जनधनकाे क्षतिलाई लिएर दुःख व्यक्त गरेका छन्। उनले पीडितहरुकाे उद्धार तथा राहतमा खटिन सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।