लन्डन– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत तीन हेभीवेट टिमको प्रतिस्पर्धा बराबरीमा सकिएका छन् ।
लन्डन भएको खेलमा इंग्ल्यान्ड र ब्राजिलले गोलरहित बराबरी खेले। खेलमा ब्राजिलका काउटिन्हो र पाउलिन्होको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोए हार्टले बिफल पारेका थिए। इंग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले बराबरीलाई उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।
रसिया र स्पेनलले भने ३–३ गोलको बराबरी खेलेका छन् । स्पेनका लागि जोर्डी अब्बाले नवौं मिनेटमा गोल गरेर अग्रता दिलाए। ३५ मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट दोस्रो गोल गरे। ४१ मिनेटमा सामोलोभले रसियाका लागि गोल गरे। ५१ मिनेटमा मिराचुकले अर्को गोल गरेपछि रसियाले २–२ को बराबरी गर्न सफल भयो । ५३ मिनेटमा रामोसले पेनाल्टीबाट अर्को गोल गरेर स्पेनलाई ३–२ ले अघि बढाए। सामोलोभले ७० मिनेटमा दोस्रो गोल गर्दा रसियाले फेरी खेल बराबरीमा ल्यायो।
जर्मनी र फ्रान्सबीचको खेल पनि २–२ गोलको बराबरीमा सकियो। फ्रान्सका लागि अलेजान्द्रे लाकाजेटीले ३३ र ७१ मिनेटमा गोल गरेका थिए। जर्मनीका वेर्नर ५६ र लार्स स्टिन्डले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।