नयाँ दिल्ली- भारतीय लोकसभा चुनावकाे दाेस्राे चरणमा बिहीबार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशमा निर्वाचन हुँदैछ। बिहीबारकाे मतदानले कूल ९५ स्थानका लागि उम्मेदवारहरुकाे भाविष्य निर्धारण गर्नेछ।
दाेस्राे चरणमा आज आसाम, बिहार, छत्तीसगढ, जम्मू-काश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका विभिन्न निर्वाचन केन्द्रहरुमा मतदान जारी छ।
तमिलनाडुकाे भेल्लोर मतदान केन्द्रमा भने निर्वाचन स्थगित गरिएकाे छ। चुनाव आयोगकाे सिफारिसमा राष्ट्रपतिले साे स्थानकाे चुनाव रद्द गरेका हुन्। डिएमके पार्टीका नेताबाट ११ कराेड नगद बरामद भएपछि चुनाव आयोगले राष्ट्रपति रामनाथ कोविन्दलाई चुनाव रद्द गर्न सिफारिस गरेकाे थियाे। चुनाव आयोगले मतदातालाई प्रभावित गर्न नगद बाँडिएकाे पुष्टि भएपछि निर्वाचन स्थगित गर्नुपरेकाे जनाएकाे छ।
तर, आयोगले भेल्लोर लोकसभा चुनावका अलावा आज अम्बुर र गुदियत्तम विधानसभा क्षेत्रमा भने ताेकिएकै कार्यक्रमअनुसार निर्वाचन हुनेछ।
त्रिपुरामा एक स्थानका लागि आजै चुनाव हुनुपर्ने थियाे तर, कानुनी व्यवस्थाका कारण साे क्षेत्रकाे पनि चुनाव रद्द गरिएकाे छ। यसकारण पनि दाेस्राे चरणमा कूल ९५ सिटका लागि निर्वाचन भइरहेकाे आयाेगले जनाएकाे छ।
सबै स्थानकाे मतगणना भने साताैं चरणकाे मतदानपछि आगामी २३ मेमा हुनेछ।
यसअघि गत बिहीबार पहलाे चरणमा १८ राज्य र २ केन्द्र शासित प्रदेशमा गरी ९१ सिटका लागि मतदान भएकाे थियाे।
चुनाव आयोगका अनुसार छिटपुट घटनाबाहेक पहिलाे चरणकाे मतदान शांतिपूर्ण रुपमा सम्पन्न भएकाे थियाे। चुनाव याे प्रकृया ३९ दिनसम्म चल्नेछ।
तर, याे नै भारतकाे सर्वाधिक लामाे चुनाव भने हाेइन। यसअघि भारत स्वतन्त्र भएपछि भएकाे पहिलाे आम निर्वाचन २५ अक्टाेबर१९५१ देखि २१ फेब्रुअरी १९५२ सम्म चलेकाे थियाे।
कहाँ कति सिटका लागि चुनाव?
कूल सिट- ९५
आसाम- ५ सिट
बिहारः ५ सिट
छत्तीसगढः ३ सिट
जम्मू-काश्मीरः २ सिट
कर्नाटकः१४ सिट
महाराष्ट्रः १० सिट
मणिपुरः १ सिट
ओडिशाः ५ सिट
पुद्दुचेरीः १ सिट
तमिलनाडुः ३८ सिट
उत्तर प्रदेशः ८ सिट
पश्चिम बंगालः ३ सिट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।