मुग्लिङ- चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नम्बरको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय रेशमबहादुर गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
दुर्घटनामा साइकलयात्री भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन्। ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किन पुगेको थियो। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।
यसैबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनकै इच्छाकामना–४ लेवाटारमा माइक्राेको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नम्बरको माइक्राे र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार उक्त माइक्रकाेसँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख १९१२ नम्बरको अर्को माइक्राेमा ठोक्किन पुगेका थिए। २ वटै हाइस माइक्राे र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।