मस्को– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको छ। अर्जेन्टिनालाई नाइजेरियाले ४–२ गोलले पराजित गरेको हो। खेलमा अर्जेन्टिना नियमित कप्तान लिओनल मेसी अनुपस्थित थिए। उनी रसियासँगको मैत्रीपूर्ण खेलपछि स्पेन फर्किएका थिए।
खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लियो। २७ मिनेटमा बानेगाले गोल गरेर अर्जेन्टिनालाई अग्रत दिलाए। ३६ औं मिनेटमा सर्जियो अग्युरोले अग्रता दोब्बर पारेका थिए। तर पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा नाइजेरियाका इहेनाचोले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–१ मा झारे ।
दोस्रो हाफमा नाइजेरियाका एलेक्स इओवीले दुई गोल गरे। उनले ५२ र ७३ मिनेटमा गोल गरेका हुन्। त्यसअघि ५४ मिनेटमा ओडोउले नाइजेरियाका लागि तेस्रो गोल गरेका थिए।
यता पहिलो हाफ सकिएपछि ड्रेसिङ रुममा जाने क्रममा अर्जेन्टिनाका फरवार्ड अग्युरो बेहोस भएका थिए। बेहोस भएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। अर्जेन्टिना फुटबल महासंघले अग्युरोलाई चक्कर लागेर भुइँमा ढलेपछि अस्पताल लगिएको विज्ञप्तिमार्फत जनाएको छ। साथै अग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेको पनि महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।