• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'आरजु होइन, मै हुँ हेभीवेट उम्मेदवार'

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  ०८:१८
1140x725

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधिसभातर्फ यस पटक देउवापत्नी डा. आरजु राणा देउवा मैदानमा छिन्।

राणासँग वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना प्रतिस्पर्धामा छन्। राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख समेत हुन्। खेलकुद गतिविधिमा समेत सक्रिय उनी युवाहरुमाझ विकासप्रेमी नेताका रुपमा चिनिन्छन्।

उम्मेदवार रानासँग नेपाल लाइभका सम्वाददाता शेरबहादुर ऐरले गरेको कुराकानी:

प्रधानमन्त्री-पत्नीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ?
म संयुक्त वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएकाले मलाई चुनाव लड्न कुनै किसिमको अप्ठेरो महसुस भएको छैन। मैले आफूलाई आरजुभन्दा हेभीवेट उम्मेदवारको रुपमा हेरिरहेको छु।

बहालवाला प्रधानमन्त्रीकै पत्नी तपाईंसँग भिड्दै हुनुहुन्छ, उनको जितका लागि सत्ताको प्रयोग/दुरुपयोग हुन सक्ने सम्भावना कस्तो देख्नुहुन्छ?
चुनावको बेला सत्ताको दुरुपयोग गर्ने नेपाली कांग्रेसको चरित्र हो। अहिलेसम्मका चुनावमा नेपाली कांग्रेसले सत्ताको गलत ढंगले उपयोग गरेको इतिहास छ। उनीहरुले चुनाव आयो कि सत्ता खोजी हाल्ने र सत्तामा गइसकेपछि सत्ता प्राप्तिका लागि राज्यको साधन, स्रोत र सबै कुराको चरम दुरुपयोग गर्ने गरेका छन्।

चुनावी अभियान कस्तो चलिरहेको छ त?
चुनाव प्रचार–प्रसारको साझा अभियनालाई तीव्रता दिएका छौं। गाउँ–गाउँमा, टोल–टोलमा प्रचारप्रसार कमिटी बनेका छन्। उम्मेदवार र मतदाताको सम्बन्धलाई नजिक बनाउन भेटघाट कार्यक्रम पनि गरिरहेका छौं।

आफूले चुनाव जित्ने आधार केके हुन्?
सबभन्दा बलियो आधार भनेको दुई वटा ठूलो पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक ठाउँमा उभिएका छौं। एकै प्लेटफर्मबाट चुनाव लडिरहेका छौं। हिजो फरक–फरक नामबाट चुनाव लड्दा प्राप्त गरेको उपलब्ध अहिले सँगै लड्दा निश्चित रुपमा दुई गुणा भएको छ।  म यहाँको स्थानीय भएको नाताले यहाका दाजुभाइ, दिदिबहिनी, उद्योग व्यवसायी, बुद्धिजीवी, पेसाकर्मी, किसानहरु सबैले राम्रोसँग चिन्छन, माया गर्छन्। यसैले पनि मेरो उत्साह बढिरहेको छ। उहाँहरुको माया र सद्भाव नै मेरो जितको आधार हो।

साबिक धनगढी नगरपालिकाको उपमेयर हुँदा र २०६४ सालमा सामानुपातिकतर्फबाट यस निर्वाचन क्षेत्रबाट सांसद हुँदा मैले जनतालाई देखिनेगरी केही उल्लेखनीय काम गरेको छु। शिवनगर खानेपानी आयोजना, शिव निमावी, मुक्त कमैया शिविरमा एउटा विद्यालय, बेलीको विद्यालयमा भवन निर्माण गर्न लगायत मैले गरेका काम हुन्। गरिब बस्ती, पछाडि परेका ठाउँमा र शिक्षा क्षेत्रमा मेरो योगदान जनताले भुलेका छैनन्।

Ncell 2
Ncell 2

घरदैलो अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो?
मतदाताहरुले हामीलाई खबरदारी गरिरहेका छन। २०४८ सालदेखि यो क्षेत्रमा पटक–पटक नेपाली कांग्रेसलाई जिताए पनि केही पनि गर्न नसकेको गुनासो गरिरहेका छन् उनीहरु। अब दुई वामपन्थी एकै ठाउँमा आएपछि आम मतदाताले पनि वामपन्थी सरकार बनाउनुपर्छ भन्ने गरेका छन्। वामपन्थी सरकार नबनेकै कारण देशमा शान्ति, सुरक्षा, आर्थिक अवस्था कमजोर, विकासका मुद्दा ओझेलमा परिरहेको, गरिब, सुकुम्बासी, मुक्त कमैयाहरुको अहिलेसम्म उचित व्यवस्था हुन नसकेको मतदाताहरुले गुनासो गरेको मैले पाएँ।

यस क्षेत्रका मुख्य समस्या केके हुन्?
कैलाली जिल्ला विकासको सम्भावना बोकेको क्षेत्र भए पनि औद्योगिक, पर्यटकीय, कृषि लगायत क्षेत्रको समस्याको पहिचान गर्न नसक्दा जिल्लालाई समृद्धितर्फ अघि बढाउन सकिएको छैन।

कैलालीका वास्तविक रुपमा थुप्रै समस्या छन्। जुन हिसाबले सहरी विकास हुनुपर्थ्यो त्यो भएको छैन। सबै गाउँबस्तीमा शुद्ध खानेपानी पुग्न सकेको छैन। शिक्षामा अझै पनि धेरै मान्छेको पहुँच छैन।

निर्वाचित भएपछि यस क्षेत्रमा तपाईंले गर्ने कामहरु केके हुन्?
कैलाली-५ लगायत प्रदेश नम्बर ७ को समृद्धिका लागि नै म खट्नेछु।कैलालीको धनगढी विमानस्थल र गौरिफन्टा नाकाको स्तरोन्नति पहिलो प्राथमिकता हुनेछ। कैलाली ७ नम्बर प्रदेशको व्यापारिक नाका भएकाले यसलाई औद्योगिक क्षेत्र बनाउन पहल गर्नेछु। यस क्षेत्रको कृषिलाई आधुनिकीकरण बनाउने, शिक्षा क्षेत्रको विकृति अन्त्य गरी कैलालीलाई शैक्षिक हब बनाउने, हरेक घरमा शुद्ध खानेपानी पुर्याउन रणनीतिक योजना तयार गर्नेछु। 

पर्यटनको प्रवर्द्धन, लोपोन्मुख जातिहरुको सूचीकरण, मुक्त कमैया, मुक्त कम्लरीको पुनःस्थापना गर्ने योजना छ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्