काठमाडौँ- एनआइसी एसिया बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धीमा छुट पाउने भएका छन्।
बैंक र अस्पतालबीच बुधबार भएको सम्झौतामा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने विषय उल्लेख भएको बैंकले जानकारी दिएको छ।
बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।