नेपालगञ्ज- सोल्टी होटल र नेपाली लगानीकर्ताको सहकार्यमा नेपालगंजमा स्थापना भएको पाँचतारे होटल सोल्टी वेस्ट एन्ड प्रिमियर सञ्चालनमा आएको छ। मंगलबार प्रधानमन्त्री केपीशर्मा ओली, उर्जामन्त्री वर्षमान पुन र पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले होटलको उद्घाटन गरेसँगै होटल सञ्चालनमा आएको हो।
होटलको सफ्ट लन्च एक वर्षअघि नै भएको थियो। सोल्टी होटल समूहले ५५ करोड रुपैयाँ प्रारम्भिक लगानीमा नेपालगंजमा ८१ कोठा सहित सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो।
पाँच दशकदेखि काठमाडौंमा पाँचतारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाडौं उपत्यका बाहिरको यो पहिलो होटल हो।
यो समूहले पर्यटकीय नगर पोखरामा समेत चारतारे होटल निर्माण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।