प्रतीकात्मक तस्बिर
झापा- झापा जिल्लाको मेचीनगर नगरपालिका-६ बसपार्क ईलाकाबाट बैशाख ३ गते एपीएफ टोलीले करीब ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
उल्लेखित मूल्य बराबरको विभिन्न औषधी, युरिया मल, धाराको सामान र किराना सामानहरु सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक जिरञ्जीवी प्रसाईको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान एपीएफ टोलीले बरामद गरेको हो।
बरामद सामान आवश्यक कारबाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।