काठमाडौं– नेपालका स्टार स्ट्राइकर अनिल गुरुङको बिदाइ खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ। आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका अनिल मंगलबारको खेलमा ८०औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनी सुजल श्रेष्ठको ठाउँमा मैदान छिरेका थिए।
एएफसी एसिया कप छनोट अन्तर्गत नेपाल र फिलिपिन्स प्रतिस्पर्धा गरेका हुन् । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले नेपालका लागि खेल प्रतिष्ठाको लडाइ मात्र थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।