काठमाडौं– एसिसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई पराजित गरेपछि नेपाल सेमिफाइनमा प्रवेश गरेको छ। आजै नेपालले मलेसियाविरुद्ध ८ विकेटले सानदार जित हात पारेको थियो।
बंगलादेशले भारतलाई ८ विकेटले नै पराजित गरेको छ। भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले उक्त लक्ष्य दुई विकेट गुमाउँदै २८ ओभरमा पूरा गर्यो। बंगलदेशका लागि तहिर अड्डीले सर्वाधिक ४८ रन बनाए।
नेपाल, बंगलादेश, भारत र मलेसिया रहेको समूह–ए मा बंगलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।