• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काभ्रे र सिन्धुपाल्चोकमा कृषि ज्ञान केन्द्रमार्फत प्राप्त बजेट खर्चको कार्यान्वयन सुरु, कृषकसँग सम्झौता 

64x64
नेपाल लाइभ बुधबार, वैशाख ४, २०७६  १०:३०
1140x725

बनेपा- प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन मङ्गलबारदेखि सुरु भएको छ। अर्को आर्थिक वर्ष सुरु हुन ३ महिना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजनामा मङ्गलबार सम्झौता भएको हो।

प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको केन्द्रका प्रमुख कृष्णबहादुर अधिकारीले बताए। उनका अनुसार दुई जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालय कात्तिकबाट खुलेको हो। त्यसरी कार्यालय खुलेको भए पनि समयमै कार्यक्रमका लागि निश्चित गरेर बजेट नपठाएका कारण ढिला हुन गएको उनको भनाइ छ।

जसअन्तर्गत पहिलोपटक सुरु भएको कार्यक्रम कार्यान्वयन र परियोजनाअन्तर्गत पहिलादेखि सञ्चालन हुँदै आएको ३० पकेट र पछि थप भएको ७ गरी ३७ पकेट कार्यक्रम र दुई ब्लकको लागि कार्यक्रम सम्झौता गरेको केन्द्रका प्रमुख अधिकारीले बताए। पकेटमा तरकारी, मौरी, कफी, मकै र धान गरी विभिन्न थरिका बाली रहेको छ भने ब्लकमा ५ खालका तरकारी र नमोबुद्धमा मकै परेको उनको भनाइ छ।

यसैबीच कृषि सडकका लागि काभ्रेपलाञ्चोकमा ११ र सिन्धुपाल्चोकमा ९ गरी १९ आयोजना परेकामा ५ करोड ५३ लाख रुपैयाँ बजेट रहेको जनाएको छ। जसमा थाेरैमा ९ लाखदेखि धेरैमा ३७ लाख रुपैयाँसम्मको बजेट रहेको कार्यालय प्रमुख अधिकारीले बताए।

त्यससँगै पुष्पखेती गर्नका लागि परियोजना सञ्चालन हुने उनको भनाइ छ। त्यसका लागि पूँजीगतमा खर्च गर्ने गरी (खेतीमा प्रोत्साहन गर्नका लागि ग्रिनहाउस, टिपेको फूललाई सङ्कलन गर्ने, सिँचाइ र मेसिन गरी) बढीमा ७० प्रतिशत अनुदानको व्यवस्था गर्ने गरी कार्यक्रम तय भएकाे छ।

Ncell 2
Ncell 2

अर्गानिक खेती कार्यक्रमका लागि डेढ करोड रुपैयाँको कार्यक्रम सूचना निकालेर निवेदनउपर छानबिन गरी टुङ्ग्याउन बाँकी रहेको छ। त्यस्तै उच्च मूल्य वस्तु कार्यक्रमअन्तर्गत कार्यक्रम रहेको र जसमा स्ट्रवेरी, अलैँची, किबी, एभाेकाडोलगायतका छन्।

नमोबुद्ध नगरपालिकाका किसान हरि तिमल्सिनाले समूहमार्फत १० लाख रुपैयाँको कार्यक्रम सम्झौता गरेको बताए। 'छ सहकारी र पाँच समूह मिलेर गठन गरेको ब्लकका लागि परियोजना सम्झौता गरेका छौँ', तिमल्सिनाले भने, 'परेको रकमबाट ७ लाख रुपैयाँको मेसिन खरिद गर्ने र ३ लाख रुपैयाँको बीउ खरिद गरिनेछ।'

नमोबुद्ध नगरपालिकाको सबै वडा, पाँचखाल नगरपालिकाको ८ नं वडा र रोशी गाउँपालिकाको तीन वडालाई मिलाएर ब्लकको रुपमा स्थापना गरेको उनको भनाइ छ। सो परियोजनाअन्तर्गत २ हजार रोपनीमा मकै खेती हुने र जसबाट करिब ५ सय किसान लाभान्वित हुनेछन्।

पाँचखाल–३ का अर्का किसान नीरु नेपालले तरकारी पकेट कार्यक्रमका लागि सामूहिक रूपमा कार्यक्रम सम्झौता गरी विभिन्न जातका तरकारी खेती गर्न ५ लाख रुपैयाँको कार्यक्रम सम्झौता गरेको बताए। उनले सबैको फरक-फरक खालको माग आएपछि अब समूहगत रूपमा तरकारी खेती गर्ने गरी कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

उता कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–६ का किसान जगनिधि चौलागाईंले कोशीपारि सामुदायिक कृषि पकेट क्षेत्रको नाममा दुई समूह मिलेर २ लाख रुपैयाँको योजना सम्झौता गरिएको छ। 'अब यसबाट हाते ट्र्याक्टर खरिद गरेर खेती गर्नेछौँ', उनले भने।

यसैगरी रैथाने बाली विकास कार्यक्रम भनेर कम खेती हुने निश्चित र जात र भूगोलमा हुने कार्यक्रमअन्तर्गत कोदो, फापर, जौ, चिनो, उवा, कागुनोलगायतका बाली विकासको कार्यक्रम हुने अधिकारीले बताए। त्यस्तै कृषि सडक, पुष्प खेती, अर्गानिक खेती, रैथाने बाली विकासलगायतका सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा ७ करोड ४१ लाख ५५ हजार ८ सय ९६ रुपैयाँ प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनसँगको व्यापार सम्झौतापछि क्यानडामाथि उच्च आयात शुल्क लगाउने ट्रम्पको चेतावनी
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
चीनसँगको व्यापार सम्झौतापछि क्यानडामाथि उच्च आयात शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान आइतबार, माघ ११, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ आइतबार, माघ ११, २०८२
कांग्रेस नेता शर्माको अपिलः मलाई ७० हजार मत दिएर जिताउनुस् आइतबार, माघ ११, २०८२
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्