• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काभ्रे र सिन्धुपाल्चोकमा कृषि ज्ञान केन्द्रमार्फत प्राप्त बजेट खर्चको कार्यान्वयन सुरु, कृषकसँग सम्झौता 

64x64
नेपाल लाइभ बुधबार, वैशाख ४, २०७६  १०:३०
1140x725

बनेपा- प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन मङ्गलबारदेखि सुरु भएको छ। अर्को आर्थिक वर्ष सुरु हुन ३ महिना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजनामा मङ्गलबार सम्झौता भएको हो।

प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको केन्द्रका प्रमुख कृष्णबहादुर अधिकारीले बताए। उनका अनुसार दुई जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालय कात्तिकबाट खुलेको हो। त्यसरी कार्यालय खुलेको भए पनि समयमै कार्यक्रमका लागि निश्चित गरेर बजेट नपठाएका कारण ढिला हुन गएको उनको भनाइ छ।

जसअन्तर्गत पहिलोपटक सुरु भएको कार्यक्रम कार्यान्वयन र परियोजनाअन्तर्गत पहिलादेखि सञ्चालन हुँदै आएको ३० पकेट र पछि थप भएको ७ गरी ३७ पकेट कार्यक्रम र दुई ब्लकको लागि कार्यक्रम सम्झौता गरेको केन्द्रका प्रमुख अधिकारीले बताए। पकेटमा तरकारी, मौरी, कफी, मकै र धान गरी विभिन्न थरिका बाली रहेको छ भने ब्लकमा ५ खालका तरकारी र नमोबुद्धमा मकै परेको उनको भनाइ छ।

यसैबीच कृषि सडकका लागि काभ्रेपलाञ्चोकमा ११ र सिन्धुपाल्चोकमा ९ गरी १९ आयोजना परेकामा ५ करोड ५३ लाख रुपैयाँ बजेट रहेको जनाएको छ। जसमा थाेरैमा ९ लाखदेखि धेरैमा ३७ लाख रुपैयाँसम्मको बजेट रहेको कार्यालय प्रमुख अधिकारीले बताए।

त्यससँगै पुष्पखेती गर्नका लागि परियोजना सञ्चालन हुने उनको भनाइ छ। त्यसका लागि पूँजीगतमा खर्च गर्ने गरी (खेतीमा प्रोत्साहन गर्नका लागि ग्रिनहाउस, टिपेको फूललाई सङ्कलन गर्ने, सिँचाइ र मेसिन गरी) बढीमा ७० प्रतिशत अनुदानको व्यवस्था गर्ने गरी कार्यक्रम तय भएकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्गानिक खेती कार्यक्रमका लागि डेढ करोड रुपैयाँको कार्यक्रम सूचना निकालेर निवेदनउपर छानबिन गरी टुङ्ग्याउन बाँकी रहेको छ। त्यस्तै उच्च मूल्य वस्तु कार्यक्रमअन्तर्गत कार्यक्रम रहेको र जसमा स्ट्रवेरी, अलैँची, किबी, एभाेकाडोलगायतका छन्।

नमोबुद्ध नगरपालिकाका किसान हरि तिमल्सिनाले समूहमार्फत १० लाख रुपैयाँको कार्यक्रम सम्झौता गरेको बताए। 'छ सहकारी र पाँच समूह मिलेर गठन गरेको ब्लकका लागि परियोजना सम्झौता गरेका छौँ', तिमल्सिनाले भने, 'परेको रकमबाट ७ लाख रुपैयाँको मेसिन खरिद गर्ने र ३ लाख रुपैयाँको बीउ खरिद गरिनेछ।'

नमोबुद्ध नगरपालिकाको सबै वडा, पाँचखाल नगरपालिकाको ८ नं वडा र रोशी गाउँपालिकाको तीन वडालाई मिलाएर ब्लकको रुपमा स्थापना गरेको उनको भनाइ छ। सो परियोजनाअन्तर्गत २ हजार रोपनीमा मकै खेती हुने र जसबाट करिब ५ सय किसान लाभान्वित हुनेछन्।

Xtrem
Xtrem

पाँचखाल–३ का अर्का किसान नीरु नेपालले तरकारी पकेट कार्यक्रमका लागि सामूहिक रूपमा कार्यक्रम सम्झौता गरी विभिन्न जातका तरकारी खेती गर्न ५ लाख रुपैयाँको कार्यक्रम सम्झौता गरेको बताए। उनले सबैको फरक-फरक खालको माग आएपछि अब समूहगत रूपमा तरकारी खेती गर्ने गरी कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

उता कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–६ का किसान जगनिधि चौलागाईंले कोशीपारि सामुदायिक कृषि पकेट क्षेत्रको नाममा दुई समूह मिलेर २ लाख रुपैयाँको योजना सम्झौता गरिएको छ। 'अब यसबाट हाते ट्र्याक्टर खरिद गरेर खेती गर्नेछौँ', उनले भने।

यसैगरी रैथाने बाली विकास कार्यक्रम भनेर कम खेती हुने निश्चित र जात र भूगोलमा हुने कार्यक्रमअन्तर्गत कोदो, फापर, जौ, चिनो, उवा, कागुनोलगायतका बाली विकासको कार्यक्रम हुने अधिकारीले बताए। त्यस्तै कृषि सडक, पुष्प खेती, अर्गानिक खेती, रैथाने बाली विकासलगायतका सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा ७ करोड ४१ लाख ५५ हजार ८ सय ९६ रुपैयाँ प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्