तुलसीपुर- घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरेका छन्।
केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरिदिएका हुन्।
श्रीमतीको नाम बचाइ राख्नका लागि सानो भए पनि सहयोग गरेको उनले बताए। उक्त भवन तथा प्रतिक्षालय २ लाख ३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो। निर्माणकर्ता केसीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर विष्टलाई सो भवन तथा प्रतिक्षालय मङ्गलबार हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।