धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिका-५, निगालेमा गएराति चट्याङ लागेर १ जनाको मृत्यु भएको छ।
राति साढे १२ बजे सोही स्थान बस्ने वर्ष ३४ का लालमान तामाङले मोबाइल चार्जमा राखेर सुतिरहेको अवस्थामा वर्षासँगै खसेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए।
चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।