मोरङ- मोरङको विराटनगर महानगरपालिका-७ सरकारी वकील कार्यालय अगाडि मंगलबार करेण्ट लागेर १ युवकको मृत्यु भएको छ।
दिउँसो ३ बजे पर्सा संखुवाप्रसेनी गाउँपालिका-१ घर भई विराटनगरमा आशिष निर्माण सेवामा कार्यरत २२ वर्षीय भोजराज दुलाल बिजुलीको तार मर्मत गर्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते दुलाललाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मंगलबार अपरान्ह पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।