जनकपुर- संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले रेशम चौधरीलाई रिहा नगरिए संघर्ष गर्ने चेतावनी दिएकी छिन्।
मंगलबार पार्टीकाे जनकपुरधाम उपमहानगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले राजनीतिक मुद्दा फिर्ता लिने पटक-पटक सहमति भए पनि रेशम चौधरीलाई जेल हाल्नु राज्य पक्षको संकिर्ण मानसिकताको उपज रहेको आराेप लगाइन्।
रेशम चौधरीलाई राजनीतिक मुद्दामा जेल हालिन्छ भने विगतका अन्य आन्दोलनमा सहभागि तत्कालीन एमाले र माओवादीका नेतालाई पनि जेल हाल्नुपर्ने यादवको भनाइ थियो। उनले रेशम चौधरीलाई रिहा नगरिए पार्टीले संघर्ष गर्ने चेतावनी दिइन्।
चाैधरीले सरकार मधेश र मधेशी जनताप्रति विभेदकारी भएको आरोप लगाइन्। उनले भनिन्, ‘विमान दुर्घटना, बस दुर्घटनामा राष्ट्रिय शोक घोषणा गर्ने तर, बारा र पर्सामा आएको भीषण हावाहुरीमा परि मृत्यु हुनेको नाममा राष्ट्रिय शोक घोषणा नगर्नु लज्जास्पद् हो।’
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकार जति क्रुर बने पनि प्रदेश सरकारले आफ्नो संवैधानिक अधिकार लिएरै छाड्ने चेतावनी दिए।
उनले संघीय सरकारले कानुन बनाउनदेखि विकास निर्माण लगायतका हरेक काममा अवरोध गर्दै आएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।