भक्तपुर- भक्तपुर नगरपालिका–९, च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नम्बरको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ।
ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
ट्रकले पैदलयात्रु मोक्तानलाई मंगलबार राति ७ बजे दिएको ठक्करबाट घाइते मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।