काठमाडौं- पत्रकार पक्राउकाे विराेधमा मंगलबार अनलाइन पत्रकार संघले काठमाडाैंमा विराेध प्रदर्शन गरेकाे छ। पाेखरास्थित तान्डव न्युज डट कमका प्रधान सम्पादक अर्जुन गिरीकाे पक्राउलाई लिएर संघले विराेध जनाएकाे हाे।
समाचार प्रकाशन गरेको विषयलाई लिएर साइबर अपराधसम्बन्धी कसुरमा गिरीलाई आइतबार प्रहरीले पक्राउ गरको थियाे।
साे क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरिनु आपत्तिजनक भएको भन्दै पक्राउ गरिएका सबै पत्रकारलाई रिहा गरिनुपर्ने धारणा राखे।
विरोध कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले पत्रकारलाई साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गर्ने कार्य तत्काल बन्द नगरे महासंघ कडा संघर्षका कार्यक्रममा जान बाध्य हुने बताए।
प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेतले शक्तिका आडमा नेपाली प्रेसमाथि दमन गरिन्छ भने पत्रकारहरु सडकमा आउन बाध्य हुने चेतावनी दिए।
अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकाहरुलाई जेल हाल्नका लागि समाचारको विषयलाई लिएर सरकारले विद्युतीय कारेबार ऐनमा पत्रकारलाई पक्राउ गर्न थालेको भन्दै त्यसको विरोधस्वरुप कार्यक्रम आयोजना गरिएको खुलाए।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले पत्रकारलाइ साइबर अपराधको तरबार नदेखाउ, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारको लेख्न पाउने अधिकारको रक्षा गर जस्ता नारा लेखिएका प्ले कार्डसहित विरोध प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।