काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) समाधान तर्फ एनसेल लाभकर विवाद, ब्याज र जरिवाना थप सहित ३९ अर्ब तिनुपर्ने ठूला करदाता कार्यालयको निर्णय
२)बालुवाटारको जग्गा कीर्तेमा महासचिव पौडेललाई सरकारले क्षतिपूर्ति नदिने मन्त्री बाँस्कोटाको भनाई, कीर्तेका नाइकेलाई पानीमुनि गए पनि नछोड्ने चतावनी
३) राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका वाई–१२ जहाज १८ दिनदेखि ग्राउन्डेड, पाइलटको पिपिसी नवीकरण र रुट चेकमै लापरवाही
४) विश्वकप छनोटमा नेपालको सानदार तेस्रो जित, ओमान १ सय ५० रनले पराजित, अन्तिम खेल बिहीबार कुवेतसँग
५) र, फ्रान्समा ८ सय वर्ष पुरानो गिर्जाघरमा भिषण आगलागी, पुनर्निर्माणका क्रममा आगो लागेको आशंका
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।