काठमाडौं- 'ताण्डव न्युज डटकम' का सम्पादक अर्जुन गिरी पोखराबाट पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले विरोभसभा गरेको छ। समाचार लेखेकै आधारमा गिरीलाई पक्राउ गरिएको भन्दै महासंघले माइतीघरमा प्रदशर्न गरेको हो।
विरोधसभामा 'लेख्न पाउने पत्रकारको संवैधानिक अधिकार सुरक्षित गर', 'विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर' लगायतका प्लेकार्ड प्रदर्शन गर्दै पत्रकारले विरोध गरेका हुन्।
काठमाडौंसहित गण्डकी प्रदेशका सबै जिल्लामा पोखराको उक्त घटना साथै प्रेस स्वतन्त्रतामाथि सरकारी दमनको विरोधमा सभा आयोजना गरिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।