चितवन– एसिसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेपछि क्रिकेट समर्थकले खुसीयाली मनाइरहेका छन्। यसक्रममा चितवनका क्रिकेट समर्थकहरुले पनि सोमबार नगर परिक्रमा गरेर दीप प्रज्वलनसमेत गरे।
नगर परिक्रमा चौबीसकोठीबाट सुरु भएर हाकिम चोक-भरतपुर अस्पताल हुदै पुन: चौबीसकोटी चोकमा आएर सकिएको थियो। त्यसक्रममा समर्थकहरुले 'नेपाली क्रिकेट छायो, आयो गोर्खाली आयो', 'खेलाडी गर्जिए सारामा, वीर गोर्खाली पारामा', 'खेलाड़ी देशको मायामा, समर्थक त्यसकै छायाँमा' लगायतका नारा लागाएका थिए।
यस्तै समर्थकहरुले राष्ट्रिय झन्डाको आकार दिई चौबीसकोठी चोक र भरतपुरमा दीप प्रज्वलन गरेका थिए। कार्यक्रम नेपाल क्रिकेट समर्थक समाज चितवनले आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।