रोम – पूर्व विजेता इटाली विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि छनोट हुन असफल भएको छ। इटालीलाई पछि पारेर स्विडेन भने एक वर्षपछि रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।
सोमबार राति भएको प्ले अफको निर्णायक दोस्रो लेगमा स्विडेनले इटालीलाई गोलरहित बराबरीमा रोक्यो। पहिलो लेगमा १–० विजयी भएको फाइदा उठाउँदै स्विडेन विश्वकपमा छनोट हुन असफल भएको हो ।

सन् १९३० मा उरुग्वेमा आयोजन भएको पहिलो संस्करणमा सहभागी इटाली विश्वपमा छनोट नभएको ६० वर्षपछि पहिलो पटक हो। इटाली पछिल्लो पटक सन् १९५८ मा छनोट हुन असफल भएको थियो। इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो ।
युरोपबाट अब थप १ टिमको टुंगो प्ले अफबाट लाग्नेछ। जहाँ डेनमार्क र आयरल्यान्ड गणतन्त्रबीच प्रतिस्पर्धा हुँदैछ। पहिले लेगमा डेनमार्क र आयरल्यान्ड गणतन्त्रले गोलरहित बराबरी खेलेका थिए।
अन्तरमहादेशीय प्ले अफमा अस्ट्रेलिया र होन्डुरसबीच दोस्रो लेगमा शुक्रबार प्रतिस्पर्धा हुँदैछ। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। अर्को प्ले अफमा पेरु न्युजिल्यान्डबीच प्रतिस्पर्धा शुक्रबार नै प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए।
स्विडेन छानिएसँगै अहिलेसम्म विश्वकप खेल्ने २९ टिमको टुंगो लागेको छ।
विश्वकपमा छनोट भएका टिम यस्ता छन् :
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन र स्विटजरल्यान्ड
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन – मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।