काठमाडौं- नेपाली सेनाले स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुका लागि ७ हजार ७ सयभन्दा बढी संख्यामा दरखास्त आव्हान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदमा ७ हजार ७ सय २ जनाका लागि दरखास्त आव्हान गरेको हो।
विभागका अनुसार सेनाकाे प्रशासन तथा अन्य प्राविधिक र सेवाका क्षेत्रमा दर्खास्त आह्वान गरिएकाे छ। लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुका लागि दरखास्त माग गरिएको छ।
दरखास्त दिन देशका विभिन्न ६३ ठाउँ ताेकिएकाे छ। प्रत्येक सम्पर्क कार्यालयका लागि फरक-फरक व्यक्ति खटाइएकाे छ। भर्ना प्रकृया खुला तथा समावेशी दुबै हुने बताइएकाे छ। दरखास्तका आज(मंगलबार) देखि आगामी जेठ १ गतेसम्मकाे समय छुट्याइएकाे छ।
गत वर्षबाट नेपाली सेनाकाे भर्ना प्रकृया पनि लाेक सेवा आयाेग अन्तर्गतनै रहेर लिने गरिएकाे छ।
गाेरखापत्रमा आज प्रकाशित विज्ञापन:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।