काठमाडाैं- आगामी ३ दिन देशभर सामान्य बदली भई वर्षा हुनसक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार बिहान ३ दिनकाे माैसमी अपडेट प्रकाशित गर्दै महाशाखाले केही स्थानमा चट्याङ तथा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरेकाे छ।
तराईका केही स्थानमा हावाहुरीसहित असिनापानीकाे सम्भावना रहेकाे पनि महाशाखाकाे अपडेटमा उल्लेख छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावाना रहेको छ।
यस्ताे आगामी ३ दिनकाे माैसमी अपडेट:
बैसाख ३ गते (मंगलबार):
दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू-भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ तथा हुरी बतास सहित वर्षा/असिना पानीको सम्भावना छ। पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ| साथै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।
राति: देशका पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकि भू-भागमा आंशिकदेखि सामान्य बदली रहि पश्चिमी भू-भागमा धेरै जसो स्थानमा र पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन/चट्याङ तथा हुरी बताससहित वर्षा/असिना पानीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ।
बैसाख ०४ गते (बुधबार):
दिउँसोः देशैभरि सामान्यदेखि पूर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्याङ तथा हुरी बताससहित वर्षा/असिना पानीको सम्भावना छ। तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ| उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ।
राति: देशैभरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्याङ तथा हुरी बताससहित वर्षा/असिना पानीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ।
बैसाख ०५ गते (बिहीबार):
दिउँसोः देशैभरि आंशिकदेखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।