काठमाडौं- सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेकाे छ।
एक सातासम्म चल्ने विद्यालय भर्ना अभियान शिक्षामन्त्री गिरिराजमणी पाेखरेलकाे नेतृत्वमा हुनेछ।
अघिल्लाे वर्षपनि सरकारले यस्ताे अभियान चलाएकाे थियाे।
उक्त अभियानमा विद्यालय बाहिर रहेकालाई भर्ना गराउन सरकार सफल भएकाे दाबी गर्दै आएको छ।
सरकारले समसायिक विषयमा विमर्श चलाउन सगरमाथा डाइलग संचालन गर्ने निर्णय समेत गरेकाे छ।
सगरमाथा डाईलगअन्तर्गत सरकारी तवरमा अन्तराष्ट्रिय महत्वका विषयमा यस्ताे विर्मश चलाउने मन्त्रिपरिषदले निर्णय गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जनाएका छन्।
यस्ताे विर्मश कसले र कसरी चलाउने विषयमा भने पछि कार्यविधि निर्माण हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।