धनगढी- कैलाली जिल्लाको कैलारी गाउँपालिकामा एक राउन्ड गोली चलेको छ। कैलारी गाउँपालिका-६, खरुवाखेडामा स्थानीय राजाराम चौधरीलाई लक्षित गरेर गोली चलेको बताइएको छ। घटना सोमबार दिउँसो ४ बजेको समयमा भएको हो।
राजाराम नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको समर्थक रहेको जनाइएको छ। राजाराम खेतमा गहुँ काटीरहेको अवस्थामा गोली चलेको तर, गोली उनलाई छुन नसकेको बताइएको छ।
कैलाली प्रहरीले गोली नचलेको प्रतिक्रिया दिएको छ। प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले भने, ‘हामी यहीँ(खरुवाखेडा) छौं। त्यस्तो घटना केही भएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।