• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अस्तव्यस्त दिल्ली ट्राफिक : नजर हटि तो दुर्घटना घटि

नेपालले के शिक्षा लिने?
64x64
नेपाल लाइभ सोमबार, वैशाख २, २०७६  १९:५९
1140x725

नयाँ दिल्ली- हिन्दीमा एउटा भनाइ छ, ‘नजर हटि तो दुर्घटना घटी’। यो भनाइ दिल्लीको ट्राफिक व्यवस्थालाई मध्यनजर गरी बनाइएको हो कि जस्तो लाग्छ। किनभने यहाँ पैदल यात्रुले पनि बाटोभन्दा पर नजर पुर्‍यायो भने दुर्घटना हुने संभावना हुन्छ।

ट्राफिक व्यवस्थापन राम्रो नभएको दिल्लीमा बाटोमा हिड्दा हिँड्दै दुघर्टना परिन्छ कि भन्ने पीर नयाँ मानिसका लागि त झन् बढी हुन्छ। दिल्लीको बाटोमा पैदल यात्रुलाई सबैभन्दा ठूलो त्रास अव्यवस्थित र अनियन्त्रित ट्राफिकका कारण हुन्छ।

आर्थिक प्रगतिमा लम्किएको भारत विश्वकै बढी जनसंख्या भएका देशको सूचीमा दोस्रो स्थान लिने देश हो। यहाँको संस्कृति, भाषा, जातीय विविधता जति बढी छ, त्यति नै विविधता बाटोमा गुड्ने साधनमा पनि। लोपोन्मुख गोरुगाडादेखि लिएर तीव्र गतिको रेलको आस्वादन गर्न पाउनु भारतको राजधानी दिल्लीको विशेषता हो। 

दिल्लीको चादँनी चोकमा भेटिएका आजाद खान भन्छन्, ‘दिल्ली एक आजाद सहर हो, यहाँ कसैलाई कसैको रोकटोक मान्य छैन।’ सायद त्यसैले पनि हुनुपर्छ, आजाद (स्वतन्त्र) सहरमा बस्ने आजादले भनेजस्तै यहाँ सबै स्वतन्त्र देखिन्छन्, पराधीन कोही छैनन्। ट्राफिक नियम कसैलाई लाग्दैन। 

यहाँको ट्राफिक स्वतन्त्रता यतिसम्म छ कि बाटोमा पैदल हिड्ने मान्छे होस् वा सवारी साधन, समान्य दुर्घटना भयो भने त परै जाओस् ठूलै दुघर्टना भएपनि कसैलाई वास्ता हुँदैन।

दिल्लीको काश्मिरी गेट, पञ्जाब बाघ चोक, आनन्द विहार, शास्त्रीपार्क बढी ट्राफिक समस्या हुने ठाउँमा पर्छन्। ट्राफिकको यति धेरै समस्या हुँदा पनि व्यवस्थापनमा दिल्ली पुलिसको चुस्तता देखिँदैन।

ट्राफिकको यस्तो समस्याका माझ पनि दिल्ली पुलिस किन केही गर्दैन भनेर संगम विहारमा भेटिएका एक व्यक्तिलाई सोध्दा भन्छन्, 'दिल्ली पुलिस केन्द्र सरकारको मातहतमा छ। दिल्लीको राज्य सरकारले दिल्ली पुलिसलाई सञ्चालन गर्न पाउने हो भने यो समस्या आधा कम हुन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

उनी थप अगाडि भन्छन्, 'यस्तै विषयलाई लिएर केजरीवालले यो पटकको लोकसभाको निवार्चनमा 'दिल्ली एक पूर्णराज्य' भन्ने नारा लगाएका छन्। अघिल्लो विधानसभाको निवार्चनमा अप्रत्यासित रूपमा दिल्लीको मुख्यमन्त्रीमा निवार्चित भएका अरविन्द केजरीवालको राज्यमा यो पटक बैशाख २८ गते लोकसभा निवार्चन हुँदैछ। 

लोकसभाको निर्वाचनका लागि दिल्लीमा ७ सिटमा निवार्चन हुँदै गर्दा केजरीवालको 'दिल्ली एक पूर्ण राज्य'को नारा कतिसम्म आकार लिने हो, त्यो जेठ ५ पछि आउने परिणामले मात्र भन्न सक्छ। 

केही समयअघि भएको विधानसभाको निवार्चनलाई नै आधार बनाउने हो भने चुनाव चिन्ह झाडु अर्थात् कुचो रहेको यो पार्टी अरुलाई बढार्नेभन्दा आफैं बढारिएको स्थिति थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लोकसभाको निवार्चनमा कांग्रेस आईसँग गठबन्धन गर्ने छलफल प्रारम्भिक चरणमा भए पनि त्यो छलफल निकर्षमा पुग्न सकेन।

दिल्ली राजधानी भएर मात्रै हो, नभए लोकसभाको निवार्चनमा ७ सिट मात्रै भएको यो क्षेत्रको भूमिका नगण्य हुन्छ। त्यसमाथि केजरिवालको आम आदमी पार्टी एक सानो र क्षेत्रीय पार्टी भएकाले यसको चर्चा खासै भएको पाइँदैन। तर संगम विहारमा भेटिएका ती व्यक्तिको विचारमा राजधानी दिल्लीमा ट्राफिक अस्तव्यस्थता, दुर्गन्ध, अपराधका घटनालाई नियन्त्रण गर्न दिल्ली पुलिस दिल्ली सरकारको नियन्त्रणमा हुनुपर्छ, केन्द्र सरकारको नियन्त्रणमा होइन।

संघीयताको भर्खरै अभ्यास गर्दै गरेको नेपालमा पनि राजधानीको प्रहरी प्रशासन संघीय सरकार मातहतमा हुने वा प्रदेश सरकारको भन्ने जुहारी नै चलेको थियो। सायद दिल्लीको अनुभव हामीलाई काम लाग्छ।

दिल्लीको अर्को समस्या यहाँ हुने अस्तव्यस्त पार्किङ पनि हो। नेपालमा पार्किङ अद्वितीय शिष्ट र सभ्य हुन्छ भन्न खोजिएको होइन। तर आफ्नो सवारी साधनको माया भने हामीलाई पक्कै हुन्छ। यसको एक कारण हाम्रोमा सवारी साधन खरिद गर्न भारतको तुलनामा निकै महङ्गो छ।

नेपालमा २०–२५ लाख पर्ने कार भारतमा ३–४ लाखमा आउने भएर हो वा पार्किङ समस्याले हो, दिल्लीको ट्राफिक अत्यन्तै बढी हुने ठाउँमा पनि अव्यवस्थित पाकिङ हुन्छ। 

जसका कारण स्क्र्याचको त के दिनमा कैयन् पटक ठोकिन्छन् पनि सवारी साधन। यो कुरा गाडीवालालाई पनि थाहा हुन्छ तर प्रवाह हुँदैन। सायद बाध्यताले पो हो कि?

स्ट्रिट फुड
दिल्लीको अर्को विशेषता स्ट्रिट फुड हो। त्यसो त भारतका धेरै स्थानमा स्ट्रीट फुड कल्चर प्रख्यात छ। तर, हामी दिल्लीको स्ट फुडमा केन्द्रित छौँ। सायद यहाँ जति मानिस होटेल रेस्टुरेन्टमा खाना खान जान्छन् त्यसका अनुपातमा धेरैले स्ट्रिट फुडमा जोड दिएको पाइन्छ। 

यसको एक कारण हो, होटेल/रेस्टुरेन्टका तुलनामा कम खर्चिलो हुन्छ भन्छन्, 'दिल्लीमा व्यापार गर्दै आएका हरियाणाका गुरपित सिंह। 

उनको विचारमा स्ट्रिट फुडमा समय र पैसा दुवै बच्छ। त्यसले मान्छे स्ट्रिट फुड रुचाउँछन्। रमाइलो पक्ष के भने यहाँ पाइने स्ट्रिट फुड मान्छेको वर्गअनुसार छुट्टिन्छ। ज्यादा जस्तो मध्यमवर्गीय र निम्न वर्गीय परिवारले स्ट्रिट फुडलाई रुचाएको पाइएपनि मध्यम वर्गले खाने र निम्न वर्गका मानिसले खाने स्ट्रिट फुड फरक-फरक पाइन्छ।

स्ट्रिट फुड मार्केटमा तल्लो जातका मानिस पनि रहेकाले जस्तो पाए त्यस्तैमा जान नहुने धारणा राख्छन् दिल्ली विश्वविद्यालयबाट बिकम गरी एमकमको तयारी गर्दै गरेका सुनील बर्मा। तल्लो जातका मानिसले बनाएका स्ट्रिट फुड कसरी खाने उनी प्रश्न गर्छन्। हुर्कँदो र सचेत युवा पिँडीमासमेत जातीय विभेदका जरा अझै दरै रहेछन्।

दुर्गन्धित सहर
अन्य सवारी साधनका तुलनामा दिल्ली यात्रा मेट्रोमा सहज हुन्छ। मेट्रो जमिनमुनि कुद्ने भएकाले गन्तव्यमा पुगिने भएपनि धेरै ठाउँको दृश्यावलोकन खासै पाइँदैन। मेट्रोबाट निस्किएपछि गन्तव्यमा पुग्न समय लाग्छ भने प्रयोग गर्ने साधन अटो हो। दिल्लीको गर्मीले गर्दा पनि अटो प्रयोग नगर्नुको विकल्प हुँदैन।

यात्राका क्रममा दिल्लीको बंगाली मार्केट, केन्द्रीय सचिवालय आसपासको क्षेत्रभन्दा अरु ठाउँ दुर्गन्धरहित भएको भेट्न मुस्किल पर्छ। लामो समय भारतमै रही नेपाली पत्रकारिता गर्दै आएकी आशा थपलिया पनि यो विषयमा सहमत छिन्। 

उनका मतमा यी दुई ठाउँका साथै भारतीय जनता पार्टी, भारतीय कांग्रेस र अन्य दलका पार्टी कार्यालय वरिपरिका क्षेत्र तुलनात्मक हिसाबमा सफा हुन्छन्। तर दिल्लीका अधिकाशं ठाउँ दुर्गन्धरहित छन् भन्न मिल्दैन। 

भारतका नेताहरूले विदेशमा गएर भारतीय सभ्यताको बखान गर्दा दिल्लीको दुर्गन्धले त्यो सभ्यताको पगरी कति धान्छ होला? मनमा प्रश्न उब्जियो। 

राजनीतिक दलले दाबी गर्दै आएको 'जनताका लागि आफूहरुले राजनीति गरेको' भन्ने कुरा त अपवादबाहेक कुन देशमा भएको छ र? साँच्चै राजनीति जनताका लागि हुँदो हो त सरकार सञ्चालनको ५ वर्ष विवादै विवाद बित्ने थिएन होला। निवार्चन घोषणा भएपछि जनता झुक्याउने खेल हुने थिएन होला? 

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
किम जोङ उनको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङ उनको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्