गाईघाट– उकालो बाटोमा ब्रेक फेल भई उदयपुरमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
लिम्चुङबुङ गाउँपालिका–५ भित्तेढुंगामा बा ८ च ७७७६ नम्बरको बलेरो दुर्घटना भएको हो।
उकालो चढ्दै गरेको बोलेरो घुमाउरो बाटोमा मोड लिन खोज्दा ब्रेक नलागेर सडकबाट खसेको थियो। दुर्घटनामा लिम्चुङबुङ गाउँपालिका–५ का १५ वर्षीय सुरेन्द्र राई, १७ वर्षीया अम्बिका राई, ३२ वर्षीय अर्जुन थापा, १६ वर्षीय विपन ल्वागुन, ३४ वर्षीया सावित्रा परियार, १८ वर्षीया नीता सुबेल, १६ वर्षीया शर्मिला दियाली, रौतामाई ३ की ४० वर्षीया सीता तामाङ र ६० वर्षीय चन्द्र विक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी लिम्चुङबुङमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ। बोलेरोका चालक रामेछाप बानकीभण्डार गाउँपालिका ६ का २३ वर्षीय लाल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।