• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

लाइन अर्थात् ऐना [रंगमञ्च]

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २७, २०७४  १४:३८
1140x725

शिल्पी थिएटरमा इजरेल होरोभिट्जको नाटक ‘लाइन’ आकांक्षा कार्कीको अनुवाद तथा निर्देशनमा चल्ने कुरा थियो। ५० वर्षसम्म लगातार न्युयोर्कमा चलेको भनिएको यो नाटक हेर्न म बहुतै लोभिएको थिएँ।

आधा शताब्दी एउटै नाटक एकै ठाउँमा लगातार चल्नुको पछाडिको कारण भने मैले नाटक हेरिसकेपछि मात्र थाहा पाएँ। त्यो खासमा अरु केही नभएर न्युयोर्कका मान्छेहरु जब आफ्नो अनुहार ऐनामा हेर्न बिर्सन्छन्, जब आफ्नो परिचय बिर्सन्छन्, तब उनीहरु आफैंलाई चिन्न नाटक ‘लाइन’ हेर्न जाने रहेछन्।   

***

‘याद पिया कि आए
कोही दुख सहा ना जाए...’

करिब १९सौं शताब्दीतिर उत्तर भारतबाट सुरुवात भएको ठुम्री गायनको म ठूलो फ्यान हुँ। ठुम्री गायकहरु शब्दमा एकदमै ध्यान दिएर गाउँछन्, भलै शब्दलाई संगीतमा सजावट गर्न जत्तिसुकै गाह्रो किन नहोस्। ठुम्रीका शब्दहरु प्रायः प्रेममा केन्द्रित हुन्छन् र बिछोडका पीडालाई बडो विरहका साथ गाउने क्षमता राख्छन् गायकहरु। 

शक्तिमान बडो चतुरतापूर्वक ‘लाइन’को प्रथम स्थानमा छ। ऊ यतिखेर किन यो गीत सुनाउँछ? यो गीत जो उस्ताद बडे गुलाम अलि खान साहेबले आफ्नी श्रीमती मिस अल्हाह राखीको मृत्युको वियोगमा गाएका थिए। 

जब शक्तिमानले मोबाइल लियो, विश्व काफ्ले र सुशान्त चालिसे कुनाबाट तबला र हारमोनियममा आफ्नो मादक स्वरमा ‘याद पिया कि आए...’ गाउन थाले, तब मेरो दिमाग एकाएक नाटकबाट हरायो। म अल्मलिएँ, किन यतिखेर शक्तिमान यो गीत सुनाउन खोजिरहेछ? 

***

Ncell 2
Ncell 2

स्टेजमा सेटको नाममा जम्माजम्मी एउटा स्ट्रिट लाइट र त्यो लाइटको मुनि एउटा लामो बेन्च छ। रातभरि त्यही बेन्चमा सुतेको पवन उठेर केही कदम चाल्छ र अगाडिदेखि नै पोतिएको सेतो लाइनको अगाडि उभिन्छ। त्यसपछि भने बडो उन्मादमा गीत गाउन थाल्छ। उसले यसरी मग्न हुनुको कारण हो, ऊ त्यहाँ सबैभन्दा अगाडि आइपुग्नुको खुसी।

त्यहाँ अर्थात् कुनै एक निर्दिष्ट स्थान। जहाँबाट के को लाइन सुरु हुँदैछ, न दर्शकलाई थाहा छ, न कलाकारलाई नै। नाटक अवधिभरि थाहा हुने कुरा यति मात्रै हो, त्यहाँ एउटा लाइन छ, जसमा पहिलो बन्न पात्रहरुको हानाथाप चलिरहेछ। नाटकका पाँच कलाकार आफ्नो बलबुताले भ्याएसम्म चतुर्यालइँ गर्छन् र लाइनको पहिलो स्थानमा पुग्न मरिहत्ते गर्छन्। ठीक त्यसरी, जसरी एकाबिहानै गाडीहरु उछिनपाछिन गर्दै बत्तिन्छन् एउटा यात्रामा। ठीक त्यसरी, जसरी पसलमा दूध सकिएला कि भनेर हतारहतार दगुर्छन् मानिसहरु। ठीक त्यसरी, जसरी ....

दिमागको रिल एकाएक उल्टो घुम्यो। नाकाबन्दीको समय सम्झिएँ। राति नै उठेर पेट्रोलपम्प पुग्दा पनि ‘लाइन’मा आफू धेरै बाइकको पछाडि परेको थिएँ। केही मानिस दुइटा बाइकको बिचमा सानो मात्रै ठाउँ देखे पनि बाइक घुसाउन खोजिहाल्ने। चिनेको मान्छे कोही छ कि, उसले पो ठाउँ दिन्छ कि भन्दै हिँडेकाहरु सम्झिएँ। आफू पनि त्यसैगरी हिँडेको सम्झिएँ। ग्यासको ‘लाइन’ होस् या दाउराको ‘लाइन’ होस्। हस्पिटलमा डाक्टर कुर्ने ‘लाइन’ होस् या सिनेमाहलमा टिकट लिने ‘लाइन’ । सबैलाई अगाडि हुनुपरेको छ।

कथंकदाचित आफूभन्दा अगाडि कोही मानिस  छ भने ऊ त्यहाँबाट सकेसम्म चाँडै हटोस्, उसको भन्दा अगाडि आफ्नो पालो आओस्। डाक्टरलाई उसले आफूभन्दा चाँडै नभेटोस्। फिल्महलमा उसले राम्रो सिट बुक नगरोस्। पछाडि पर्नेले सधैं यस्तै कामना गरिरहेको हुन्छ। 

केही दिनअघि मात्रै पनि सामाजिक सञ्जालमा एउटा न्युज ट्रोल भइरहेको थियोः ‘धरानमा सवारीचालक अनुमतिपत्र लिन रातिदेखि नै लाइनमा बस्न बाध्य जनता।’ शहरमा आजभोलि यस्ता लाइन कतिकति। कतिसम्म भने, घाटमा समेत लाशहरु आफ्नो पालो पर्खेर बसिरहेका हुन्छन्। त्यो लाशको आफन्त जो जिउँदो छ, उसलाई यस्तो हतार छ, मानौं उसको जिन्दगी चाँडै सकिँदै छ। उसले गर्नुपर्ने कुरा यति धेरै बाँकी छन्, केहीगरी लाशको जल्ने पालो ढिलो आयो भने उसको वर्तमान समयको महत्वपूर्ण हिस्सा खेर जानेछ!

लाइनको पहिलो स्थानमा पुग्न एउटा मानिस कतिसम्म चाल चल्न सक्छ, कतिसम्म गिर्न सक्छ वा कतिसम्म अवसरवादी बन्न सक्छ भन्ने कुरा नाटकले प्रस्टसँग देखाउँछ। देश चुनावी रणमैदानमा होमिन लाग्दाको पूर्वसन्ध्यामा देखाइएको यो नाटकलाई नेपालका राजनीतिक दलहरुको होडबाजीसँग पनि सजिलै दाँज्न सकिन्छ।

***

शक्तिमान चाल चल्न माहिर छ। ऊ नयाँ–नयाँ तरिका अपनाएर लाइनको पहिलो स्थानमा पुग्न प्रयासरत छ। कहिले ऊ आफूभन्दा अघिल्लो लाइनको पवनलाई फकाएर आफू अगाडि बस्न उसलाई आफ्नो वालेट देखाउँदै भन्छ, ‘वालेटबाट मानिसको धेरै कुरा थाहा हुन्छ । के तपाई मेरो वालेट हेर्न चाहनुहुन्छ?’ गीत गाइरहेको पवनलाई फकाउनकै लागि ऊ पवनले गाइरहेको गीत गाइदिन्छ। 

धेरै षड्यन्त्र गरेर पहिलो स्थानमा पुगेको उसको स्थान जब अरु कसैले खोसिदिन्छ, तब ऊ अरु सबै उभिएको लाइन गलत हो र आफू उभिएको लाइन सही हो भन्ने भ्रममा अरुलाई पारेर पुनः आफू अग्रस्थानमा आइपुग्छ। यसरी पटकपटक अनेक चाल चलेर आफ्नो चतुर्‍याइँबाट ऊ लाइनमा पहिलो बनिरहन्छ।

नाटकमा हाँस्ने ठाउँ यति धेरै छन्, नाटक हेरेर हाँसिरहँदा तपाईं थाहै पाउनुहुन्न कि नाटकले तपाईं स्वयंलाई नै गिज्याइरहेको छ।

पवन जो लाइनमा सबैभन्दा अगाडि आइपुगेको छ, ऊ एकदमै सोझो देखिन्छ। उसको सोझोपनको फाइदा प्रायः सबैले उठाउँछन्। उसमा एउटा भ्रम छ, सबैभन्दा अगाडि जो पुग्छ, ऊ नै पहिलो हुने हक राख्छ । तर, अवस्था कहाँ त्यति धेरै सजिलो छ र! उसको स्थान खोसिन्छ। त्यसपछि भने ऊ पनि अवसरवादी बन्न पुग्छ। चाँडै रिसाउने र चाँडै सम्हालिने खालको पात्र हो पवन। 

रविना, एक सुन्दर विवाहित युवती । उनी आइपुग्दा लाइनको तेस्रो नम्बरमा हुन्छिन्। उसो त उनलाई पनि प्रथम बन्नु छ। उनी त्यो लाइनको पहिलो स्थानमा पुग्न स्त्रीहरुले अपनाउने सबैभन्दा कुटिल हतियार प्रयोग गर्छिन्, सुन्दरता। आफ्नो सुन्दरताको वशमा पार्दै वासनाका पूजारीहरुलाई उनी पालैपालो भोग गर्छिन्। 

रमाइलो त त्यहाँ हुन्छ, जब पुरुषहरु एकै स्वरमा भन्छन् ‘हामीले तिमीलाई भोग गर्‍यौं।’ यसको जवाफ उनी यसरी दिन्छिन्, ‘तिमी बिचरा पुरुषहरुले मलाई के भोग गर्ने सामथ्र्य राख्छौ र! तिमीहरुले मलाई हैन, बल्कि मैले तिमीहरुलाई भोग गरेको हुँ । तर, दुःखको कुरा म तिमीहरु कसैसँग पनि सन्तुष्ट हुन सकिनँ।’

***

यौन त बडो पवित्र कुरा हो, यो कुनै चिज प्राप्तिको साधन होइन।  यौन त ध्यान हो। ध्यानमा बसिरहँदा जसरी दिमाग अन्यत्र केन्द्रित हुनुहुँदैन, यौनको समय पनि मन–मस्तिष्कमा अरु कुरा खेल्नु हुँदैन। जब यौन साध्य बन्न पुग्छ, तब यौन ध्यान बन्दैन। यो त मात्र एक चाल बन्छ। यस्तो अवस्थामा न उनी सन्तुष्ट हुन सक्छिन् न त उनलाई भोग गरेको अहम् बोक्ने पुरुष पात्रहरु नै। 

उनले यौनको कुरामा जवाफ दिँदा कसैलाई गधालाई पनि सन्तुष्ट बनाउन नसक्ने भन्नु, कसैलाई तिमी त बच्चै छौ भन्नु, कसैलाई तिमी त बूढो भयौ, अब सक्दैनौ भन्नु र कसैलाई तिमीमा त्यो क्षमता नै छैन भन्नुले एउटा त्यहाँ उभिएका पुरुषहरुप्रति व्यंग्य गर्छ। एउटा पुरुष आफ्नो लक्ष्य बिर्सेर कसरी दिग्भ्रमित हुनसक्छ भन्ने कुरा रविना मार्फत सहजै देख्न सकिन्छ। उसो त यौन पूर्णरुपमा दुवै जनाको सन्तुष्टिको पक्ष हो। फेरि पनि रविना स्टेजमा यसरी प्रस्तुत भएकी छिन्, यौनलाई सांसारिक वस्तु प्राप्तिको साधन बनाउने सम्पूर्ण युवतीलाई नमीठोगरी  हिर्काइदिन्छ। 

***

पृनाल, जसको नामको कम्बिनेशन बडो मज्जाको छ । ‘पृ’ अर्थात् पृथ्वी नारायण, ‘ना’ अर्थात् नारायण गोपाल र ‘ल’ अर्थात् लक्ष्मीप्रसाद देवकोटा। ती सबै पुरुष जो आफ्नो स्थानमा प्रथम थिए, उनीहरुको नामको पहिलो अक्षर सापटी लिएर बाँचेको पृनालमा तीमध्ये कसैको एक अंश मात्रै भएको पनि छनक पाइँदैन। श्रीमती रविनाको पछाडि लुक्ने, श्रीमतीलाई हतियार बनाएर अगाडि आउन खोज्ने, कायरताको अर्को रुप देखिन्छ पृनालमा। पहिरन र सरसफाइमा बडो ध्यान दिने पृनाल खासमा मनमा ठूलो द्वेष र फोहोरीपना लिएर बाँचेको हुन्छ। मनको फोहोर कसैले नदेखोस् भनेर होला, बारम्बार ऊ सफा कपडाबारे कुरा दोहोर्‍याइरहन्छ।

लाइनमा बस्न चेयर लिएर स्टेजमा भित्रिएको डम्बर बडो घमन्डी र जब्बर देखिन्छ। ऊ कसैगरे पनि पछाडि हट्न तयार छैन। अरुलाई झगडामा पारेर आफू अरुको स्थान लिन खोज्ने डम्बर शकुनी चाल चल्न लामो समय सोचमग्न जस्तो देखिन्छ। मनमा द्वेष बोकेर ऊ बारम्बार अरुलाई झैझगडा नगर्न सम्झाइरहन्छ, तर आफू अगाडि पर्न भने आफूभन्दा कमजोरलाई हात उठाउन समेत पछि पर्दैन। आफ्नो गल्तीको समेत भार अरुलाई बोकाउन तम्तयार डम्बर विशुद्ध राजनीतिक फ्लेवरको पात्र साबित भएको छ। 

***

र यो विसंगतिवादी नाटकमा अचानक ‘याद पिया कि आए, कोही दुःख सहा ना जाए ...’ यसरी नाटकीय तरिकाले बजिदिन्छ, नाटक स्वयंले नाटकीय मोड लिइदिन्छ। 

सम्भव भएसम्म एकले अर्कालाई छिर्के हानेर अगाडि बढ्न खोजिरहेकाहरु एकजुट भए झैं देखिन्छन्। यस्तो लाग्छ, त्यहाँ भएका सबैजना चतुर शक्तिमानसँग हारिसकेका छन् र उनीहरु शक्तिमानलाई हराउन चाहन्छन्। ढुकेर सिकार गर्ने स्यालको जस्तो चरित्रको पृनाल शक्तिमानलाई ह्यालुसिनेट गर्न थाल्छ। शक्ति त्यो समय बडो निरीह देखिन्छ। 

शक्ति जब आफ्नो अगाडि कुनै पनि बाटो देख्दैन, तब ऊ आफू मरेर भए पनि अगाडि बन्ने दाउ गर्न थाल्छ। यस्तो दाउ जो हामी सम्पूर्ण मानव जातिलाई गिज्याउन पर्याप्त छ। हामी कोही पनि मर्न चाहँदैनौं, तर लाइनको अग्रपंक्तिमा रहिरहन मात्रै भए पनि मर्न आतुर हुन्छौं। मानिस जिउदो हुँदा मात्र नभई मरिसकेपछि पनि आफूलाई दुनियाँले याद गरोस् भन्ने चाहना राख्छ। यही चाहना शक्तिमानमा देखिन्छ। ऊ मर्न तयार हुन्छ, तर पछाडि बस्न तयार हुँदैन। तर, मृत्यु पनि त्यति सजिलो कहाँ छ र! उसलाई उसका प्रतिद्वन्द्वीहरुले त्यति सजिलै मर्न नै कहाँ दिन्छन् र! 

***

यो नाटकमा देखाउन खोजिएको मूल कुरा नै पात्रहरुको चरित्र हो। पात्रको मनस्थिति र संवादले हाम्रो यथार्थलाई निर्मम तरिकाले हिर्काइरहन्छन्। 

नाटक हेरिरहँदा तपाईंलाई ऐना हेरेजस्तो लाग्यो भने मान्नुस्, यो नाटक सफल हो। उसो त यो नाटक असफल हुने ठाउँ पनि छैन। बस्, तपाईंलाई आफूभन्दा कम वा अलिकति बढी लाग्न सक्छ, कुनै पात्रको चरित्रचित्रण।

नाटकमा हाँस्ने ठाउँ यति धेरै छन्, नाटक हेरेर हाँसिरहँदा तपाईं थाहै पाउनुहुन्न कि नाटकले तपाईं स्वयंलाई नै गिज्याइरहेको छ। म अहिले यो लेखिरहँदा ती महिला सम्झिन्छु, जो मेरो छेउमै बसेकी थिइन् र रविनाको नाच (तपाईं त्यसलाई यौन सम्बन्ध बुझ्न सक्नुहुन्छ) देखेर बडो उत्साहका साथ सेकेन्ड डोज ... फोर्थ ... फिफ्थ डोज जसरी आफ्नो साथीसँगै हाँसोको फोहरा छाड्दै थिइन्। 

खैर तपाईंलाई हाँस्न मन छ भने नाटक लाइन हेर्नुस् र पेट मिचिमिची हाँस्नुस्। मलाई थाहा छ, तपाईं हाँसिरहँदा मञ्चमा देखिएको पात्रमा आफू स्वयंलाई बिर्सेर भए पनि तपार्इं अरु कसैको प्रतिविम्ब जरुर देख्नुहुनेछ। 

तर, बाँकी दर्शक हाँसिरहँदा तपाईं रुनुभयो भने मलाई कुनै अचम्म भने लाग्नेछैन। यसकारण पनि अचम्म लाग्नेछैन, किनकि तपाईं आफूलाई त्यसबेला फेरि एकपटक चिन्नुहुनेछ।

***

तपार्इंले सोचेजस्तो वा चाहेजस्तो तपाईंको जिन्दगीको अन्त्य हुनेछैन, ठीक त्यस्तै यो नाटकको पनि तपाईंले सोचेजस्तो अन्त्य पक्कै छैन। म कम्तीमा यो कामना गर्छु, तपाईंले यो नाटक हेरिसकेपछि एउटा युद्ध जितेर फर्कनुहोस्। कमसेकम आफैंसँगको युद्ध। तपाईंलाई शुभकामना!

आकांक्षा र नाटक ‘लाइन’को टिमलाई धन्यवाद, जसले बडो मिहिनेत गरेर हामीलाई ऐना देखाइदिनुभयो।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
मतदानको निर्धारित समय सकियो बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्