भैरहवा- जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला सुरक्षा सूचना केन्द्र स्थापना गरिएको छ। जिल्लाभरबाट सूचना संकलनमा सहजता ल्याउन तथा एकद्वार प्रणालीबाट सूचना संकलन गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको कार्यालयले जनाएको छ।
प्रत्येक महिना नयाँ काम अभियान अन्तर्गत कार्यालयमा सुरक्षा सूचना केन्द्र स्थापना गरिएको हो। रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कार्यालयमा सुरक्षा सूचना केन्द्र सुरक्षाकर्मीलाई मोबाइल हस्तान्त्रण गरेर केन्द्रको उद्घाटन गरिन्।
कार्यालयले सूचना संकलनका लागि ९८५७०२०८२० नम्बर सहितको मोबाइल व्यवस्था गरिएको निमित्त प्रजिअ नेपालले जानकारी दिइन्। नागरिकले उक्त नम्बरमा सम्पर्क गरी कुनै पनि सुरक्षा सम्बन्धिका सुचना टिपाउन सक्ने छन्।
निमित्त प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार केन्द्रमा सुचना संकलनका लागि ७ जना सुरक्षाकर्मीको टोली खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।