भैरहवा- नेपालबाट भारततर्फ अवैध रुपमा सुन लैजाने एक नेपाली युवा सीमा नाका सुनौलीमा पक्राउ परेका छन्।
रुपन्देहीस्थित नेपाल भारत सीमा नाका सुनौलीमा एक किलो सुनसहित रुपन्देही सिद्धार्थनगर नगरपालिका (भैरहवा) ९ प्रभात पथका ३८ वर्षीय धनवन्त कुमार अग्रवाल पक्राउ परेका हुन्।
स्कुटीमा सुन लिएर भारततर्फ जाँदै गर्दा अग्रवाललाई अवैध सुनसहित पक्राउ गरिएको भारतीय सशस्त्र सीमा सुरक्षा बल डण्डा हेडका इन्सपेक्टर विकास रायले जानकारी दिए।
बरामद गरिएको एक किलो सुन बिस्कुट आकारको छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कारबाहीका लागि नौतनवा कस्टम विभागमा पठाइएको एसएसबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।