काठमाडौं– एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ। नेपाली टिमका प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन्।
टिममा फरवार्ड अनिल गुरुङले पाँच महिनापछि पुनरागमन गरेका छन्। यस्तै फिडफिल्डर जगजित श्रेष्ठ पनि नेपाली टिममा पर्न सफल भएका हुन्। जगतजित २० महिनापछि नेपाली टिममा फर्किएका हुन्।
नेपालले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
समूह 'एफ'को सुरुवाती चार खेलमा जित निकाल्न नसकेपछि नेपाल छनोटबाट बाहिरिइसकेको छ। नेपाल समूह 'एफ'को अंक तालिकाको पुछारमा छ। खेलेका ४ मध्ये नेपाल ३ खेलमा पराजित भएको छ भने १ खेलमा बराबरी खेलेको छ। समूहमा १ अंक मात्र भएकाले नेपालको छनोट यात्रा सकिएको थियो।
समूहमा फिलिपिन्सले ८ अंक जोडेको छ भने यमन र ताजकिस्तानले समान ६–६ अंक बटुलेका छन्। समूहका शीर्ष २ टिम २ वर्षपछि युएईमा हुने एसिया कपमा छनोट हुनेछन्।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील बल
फरवार्ड : भरत खवास, विमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की
मुख्य प्रशिक्षक : ग्योतोकु कोजी
सहायक प्रशिक्षक : राजुकाजी शाक्य
गोलकिपर प्रशिक्षक : उज्ज्वल मानन्धर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।