झापा– झापाको कमल गाउँपालिका-६, गेउरियामा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
आइतबार राति साढे ८ बजे पाडाजुगीबाट दक्षिण जाँदै गरेको मे१०प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे४प १६५८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा मे४प १६५८ नम्बरकाे मोटरसाइकलका चालक कमल गाउँपालिका-६ का २१ वर्षीय प्रविण राजवंशीको मृत्यु भएको हो।
दुर्घटनामा राजवंशीसहित मोटरसाइकलमा सवार २६ वर्षीय मनोज शाह तथा मे१०प ६८५१ नम्बरकाे मोटरसाइकलका चालक कमल गाउँपालिका-४ का २२ वर्षीय लोकेश ठटाल घाइते भएका छन्। तीनै जनालाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा राजवंशीको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।