कुटपिटबाट ७५ वर्षीय वृद्धको मृत्यु

नेपाल लाइभ | २०७६ बैशाख २ सोमबार | Monday, April 15, 2019 ०९:३९:०० मा प्रकाशित

सुनसरी- सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ सर्बैया टोलमा कुटपिटबाट आइतबार एक वृद्धको मृत्यु भएको छ।

राति साढे ११ बजे भोक्राह-नरसिंह गाउँपालिका-७ बस्ने २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही ठाउँ बस्ने ७५ वर्षीय जागेश्वर मण्डललाई पुरानो रिसइबीको कारण कुटपिट गरेका थिए। 

कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनामा संलग्न दुवै जनालाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ।