सोलुखुम्बु- सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका-४ डाँडागाउँमा आइतबार भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एक युवकको मृत्यु भएको छ।
अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईका २० वर्षीय छोरा सुमन राईले भरुवा बन्दुकले आफ्नै पेटको नाइटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
गोली लागेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गएराति साढे १ बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ। राईकाे शव परिक्षणको लागि सोही अस्पताल पठाइएको छ।
भरुवा बन्दुक भने प्रहरीले नियन्त्रणमा लिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।