धम्बोजी- कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ २ युवा बेपत्ता भएका छन्।
बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। ६ जना साथी मिलेर कोठीयाघाट घुम्ने क्रममा पौडी खेल्न गएका उनीहरुमध्ये दीपेन्द्र र प्रज्ज्वल नदीमा बेपत्ता भएका कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताए।
२ जना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए। उनका अनुसार खोजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।