विराटनगर– विराटनगरमा २ राउण्ड गोलीसहित प्रहरीले पेस्तोल बरामद गरेको छ।
विराटनगर महानगरपालिका-१६ स्थित दरैया चिहानघारी नजिक रहेको बाँस झ्याङमा लुकाइराखेको अवस्थामा मेड इन युएसए लेखिएको ९ एमएम पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
बिहान १० बजे बट्टाभित्र कालो प्लाष्टिकमा पोको पारेको अवस्थामा इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पेस्तोल पक्राउ गरेको हो।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।