काठमाडौं (एजेन्सी)– चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो बच्चाको बाबु बनेका छन्। आफ्नो चौथो सन्तानको रुपमा छोरी घर भित्रिएको उनले सार्वजनिक गरेका छन्।
नेपाली समयअनुसार सोमबार बिहान उनको मोडल प्रेमिका जर्जिना रोड्रिगेजले स्पेनको राजधानी म्याड्रिडस्थित कुइरोन युनिभर्सल अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। आफ्नो जेठो छोरा क्रिस्टियानो जुनियरसँगै अस्पताल पुगेका रोनाल्डोले छोरी र छोरीको आमासँगै एउटा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘एलिना मार्टिना भर्खरै जन्मिएकी छिन्। दुबै जिओ (प्रेमिकाको छोटो नाम) र एलिना सकुसल छन् र हामी निकै खुसी छौं।’
३२ वर्षीय रोनाल्डोले यसअघि नै २२ वर्षीय मोडल प्रेमिकाबाट अर्को सन्तान जन्मिने जानकारी दिएका थिए। चिकित्सकहरुले नोभेम्बर २१ मा बच्चा जन्मिने मिति दिएका थिए। तर, जर्जिनालाई व्यथाले च्यापेपछि तुरुन्त अस्पताल पुर्याइएको थियो। जर्जिना अर्जेन्टिनीमूलकी स्पेनिस मोडल हुन्।
रोनाल्डोले सरोगेसीको मद्धतले गत जुनमा इभा र माटियोको रुपमा जुडुवा बच्चालाई जन्म दिएका थिए। उनको अघिल्लो तीन बच्चाको आमाको जानकारी कसैलाई छैन्।
चौथो बच्चाको आमालाई मात्र उनले सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।