काठमाडौं– नेपालका नम्बर एक जोडी रत्नजित तामाङ र नङ्शल तामाङ पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिज २०१७ को मिक्स जोडीमा पराजित भएका छन्।
पाकिस्तानको लिकत जिम्नेजियम, इस्लामावादमा भएको प्रतियोगितामा नेपालकै दिपेश धामी र शोभा गौचनको जोडीले अघिल्लो संस्करणका विजयी तामाङ दिदिभाइको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जनाएका छन्। दिपेश र शोभाको जोडीले पाकिस्तानी जोडीलाई पराजित गर्दै फाइनलमा दिदीभाईसँगको भेट पक्का गरेका थिए।
सोही प्रतियोगिताको मिक्स डबल्स तर्फको खेलमा बिष्णु कटुवाल र सुनैना मुखियाको जोडीले तेस्रो स्थान हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भएका छन्। कटुवाल र मुखियाको जोडी सेमिफाइनलमा तामाङ दिदीभाइको जोडीसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।