काठमाडौं– एसिसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ। क्रिकेटको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक हो।
भारतलाई पराजित गरेपछि देशभर खुसीयाली छाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका शीर्ष नेता, सेलिब्रेटी, खेलाडी तथा सर्वसाधरणले नेपाली टिमालाई बधाइ दिइरहेका छन्।
भारतलाई हराएपछि नेपाली टिमका प्रशिक्षक विनोद दासले खुसी व्यक्त गर्दै जितको श्रेय सम्पूर्ण खेलाडीलाई जाने बताएका छन्।
प्रशिक्षक दासको प्रतिक्रिया यस्तो छ:
हाम्रो ऐतिहासिक जितको श्रेय टिमका सम्पूर्ण सदस्यले गरेको मिहिनेतलाई जान्छ। हाम्रा विपक्षीलाई पराजित गर्न सबै खेलमा उत्तिकै मिहिनेत गरेका छौं। असाध्यै प्रतिस्पर्धात्मक रहेको यो खेलमा हामी उपयुक्त मौकाको प्रतीक्षामा थियौँ। उत्कृष्ट प्रदशर्न गर्दै खेल हाम्रो पक्षमा पार्न हामी सफल भयौँ। यो खेलमा दिपेन्द्रको अलराउन्ड प्रर्दशन असाध्यै प्रशंसनीय छ। ब्याटिङ जस्तै बलिङ पनि उनको आक्रामक थियो।
यो पनि : भारतमाथि नेपालको ऐतिहासिक जित, कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।