काठमाडौं– एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि रोमाञ्चक जित हात पारेको छ। आइतबार मलेसियाको बायुमास ओभलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो।
जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित बनेको छ। पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले मंगलबार मलेसियालाई हराएमा सेमिफाइनल पुग्ने सम्भावना हुनेछ।
यो पनि : भारतमाथि नेपालको ऐतिहासिक जित, कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शन
नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमा अलआउट भयो। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन जोडेको थियो। नेपालको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने ८८ रनको योगदान गरे।
नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। हेर्नुहोस् ऐतिहासिक जितका तस्बिरहरु :









तस्बिरहरु : सुवास हुमागाईं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।