जनकपुर- धनुषामा विंगर भ्यानले ठक्कर दिँदा बाबु र छोराको घटनास्थलमै मृत्यू भएको छ।
धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले मृत्यु हुनेमा सिरहाको लहान नगरपालिकाका वर्ष ३० का श्याम चौधरी र उनकै छोरा ११ वर्षीय अमन चौधरीको ज्यान गएको जानकारी दिएका छन्।
धनुषाधाम नगरपालिका धारापानीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत मोटरसाईकलमा सवार बाबुछोरालाई भ्यानले ठक्कर दिएपछि दुवैको घटनास्थलमै मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ८४३२ भ्यानले बाबुछोरा सवार बा ७१ प १९६३ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन्।
चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।